IGJF candidates Bengal
IGJF candidates Bengal

आइजीजेएफद्वारा पाँच विधानसभाका उम्मेद्वारहरूको घोषणा

Share this news

दार्जीलिङबाट अजय एडवर्डस, खरसाङबाट बन्दना राई,कालेबुङबाट भेर्नोन व्रिटो लेप्चा,मतिगढा नक्सलबारीबाट निमेष सुन्दास,सिलगढीबाट कृष्ण नन्द सिंह। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वारहरूको गर्यो घोषणा।पश्चिम बंगाल विधानसभा चुनावमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वार खडा गर्ने चर्चा विगत धेरै दिन अघिदेखि चुलिन्दै आएको थियो।आज सोनादाको इन्टेकमा निर्माण हुन गई रहेको उन्मुक्ति ब्रीजको अन्तिम ढलाईसंगै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वारहरूको घोषणा गरेको छ।जसमा दार्जीलिङ विधानसभा क्षेत्रबाट पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस,खरसाङ विधानसभा क्षेत्रबाट अधिवक्ता बन्दना राई,कालेबुङ विधानसभा क्षेत्रबाट पूर्व जिल्लाधिकारी भेर्नोन व्रिटो लेप्चा,मतिगढा नक्सलबारी विधानसभा क्षेत्रबाट निमेष सुन्दास,सिलगढी विधानसभा क्षेत्रबाट कृष्ण नन्द सिंहलाई उम्मेद्वार घोषणा गरेका छन्।

निर्वाचन आयोगले पश्चिम बंगाल विधानसभा चूनावको घोषणा गर्न अघिदेखिनै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले भारतीय जनता पार्टी र तृणमूल कांग्रेस आदि जस्ता राष्ट्रिय दलहरू छोडेर क्षेत्रीयता बचाउन क्षेत्रीय दलहरूलाई एकबद्धभएर चुनाव लडने आह्वान गर्दै आएका थिए तर पहाडको क्षेत्रीय राजनैतिक पार्टीहरूले बिजेपी र टीएमसी जस्ता राष्ट्रिय दलहरूको साथ नछोडने निर्णय लिएपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टले क्षेत्रीयतालाई माया गर्ने दल,संघ संस्थाहरूलाई बटुलेर चुनावी मैदानमा ओर्लिने निर्णय लिए।गत धेरै दिन अघिदेखिको उम्मेद्वारहरू लिएर चर्चा परिचर्चा चल्दै आई रहेको थियो।आज सोनादाको इन्टेकमा निर्माण हुन गई रहेको उन्मुक्ति ब्रीजको अन्तिम ढलाईसंगै उम्मेद्वारहरूको नाम घोषणा गरियो।इन्टेकमा निर्माण हुन गई रहेको उन्मुक्ति ब्रीजको निर्माण कार्यमा पहाडको विभिन्न स्थानहरूबाट श्रमदान गर्न आएका थिए।जसमा अजय एडवर्डस,बन्दना राई,भेर्नोन व्रिटो लेप्चाले पनि बेल्चा,फरूवा चलाएर श्रमदान दिए।

इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै बाटो पनि छोडदैनौ,माटो पनि छोडदैनौ भन्दै आई रहेका छन।बाटो भन्नाले विकास अनि माटो भन्नाले अलग राज्य हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डस कुनै बोर्डमा छैन तर पनि पहाडको कुना काप्चाहरूमा ब्रीजहरूको निर्माण,सडकहरूको निर्माण,सार्वजनिक भवनहरूको निर्माण,खेल मैदानहरूको निर्माण,समाज घरहरूको निर्माण,गरीब परिवारहरूलाई घर,गरीब विधार्थीहरूलाई शिक्षा, गरीब बिमारीहरूको उपचार आदि जस्ता कार्यहरू निस्वार्थ भावले गर्दै आएका छन्।आजको श्रमदान तथा उम्मेद्वारहरू घोषणा कार्यकममा पार्टीको केन्द्रीय नेतृत्वहरूसंग संगै समर्थक तथा मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ