अनित थापाद्वारा श्रम मन्त्रीलाई पत्र

Share this news

दार्जीलिङ,15 जनवरी(निसं): 58 वर्ष भन्दा माथिका चिया बगान श्रमिकहरूलाई पेन्सन लाभको अनुरोध गर्दै जीटीए गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) श्रम विभागका मन्त्रीलाई पत्राचार गरेका छन्।पत्रबाट बन्द भएका चिया बगानहरूका श्रमिकहरूको कल्याण सम्बन्धी एक जरुरी मुद्दालाई उनको ध्यानमा ल्याउँदै फौलाई (असंगठित श्रमिक तथा मजदुरहरूको वृद्धावस्था आयको लागि आर्थिक सहायता) योजना अहिले सम्म 58 वर्ष सम्मका श्रमिकहरूको लागि जीवनरेखा रहेको छ। तर, यो उमेर सीमा नाघेपछि उनीहरू कुनै पनि लाभबाट वञ्चित हुन्छन् भनी थापाले बताएका छन्।

थापाले भनेका छन्, यसको परिप्रेक्ष्यमा, मैले चिया उद्योगमा आफ्नो जीवन समर्पित गरेका, प्रायः चुनौतीपूर्ण अवस्थामा काम गरेका यी बगान श्रमिकहरूलाई पेन्सन लाभ विस्तार गर्नुहुन् अनुरोध गरेको छु। धेरै श्रमिकहरूले दशकौंसम्म चिया उद्योगको वृद्धि र समृद्धिमा योगदान गरेका छन्, तर वृद्धावस्थामा उनीहरू कुनै सुरक्षाघेरा बिना नै छोडिन्छन्।उनले भने, सरकारलाई अनुरोध गर्दै माग गरेको छु कि यी श्रमिकहरूलाई गरिमापूर्ण र सुरक्षित आय प्रदान गर्ने एक पेन्सन योजना कार्यान्वयन गर्न विचार गरुन्, जसले उनीहरूको र उनीहरूका परिवारहरूको कल्याण सुनिश्चित गर्न सकोस्। यो सामाजिक सुरक्षातर्फ एक महत्वपूर्ण कदम हुनेछ साथै राज्यको अर्थतन्त्रमा उनीहरूले गरेको अमूल्य योगदानको पहिचान पनि हुनेछ।

चिया श्रमिकहरुको हितको निम्ति कार्य गर्नु मेरो व्यवस्था साथै बीजीपीएम पार्टी कटिबद्ध रहेको आफ्नो प्रतिबद्धता जनाउन चाहान्छु। जीटीए सभाका भाइस चियरमेन राजेश चौहानले मन्त्री लाई भेट गरी मेरो अनुरोध पत्र चढाएका थिए। मन्त्रीले सकारात्मक विचार राखेका राजेश चौहानले बताएका छन्।

Share this news
आजको रोजाइ
राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

आजको रोजाइ