अनित थापाको पहलमा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको सडक निर्माण

Share this news

दार्जीलिङ,16 जुन(निसं): रंगीत-मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको 4 किलोमिटर गाडीको सडक निर्माण कार्यको थालनी गरिएको छ।  गत जनवरी महिनादेखि यस सडक निर्माण कार्यलाई लिएर अघि आएका रंगीत-मजुवा डेभलभमेन्ट एसोसिएशनको पहलमा रंगीत-मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको लगभग 4 किलोमिटर गाडीको सडकको निर्माण कार्य आजदेखि युद्ध स्तरमा भइरहेको जानकारी गराउदै उक्त बाटो निर्माण कार्यको निम्ति वर्षौंदेखिको सपना पुरा गर्न सबैलाई सहयोगको अपिल गरिएको छ। उक्त 4 किलोमिटर बाटोको निर्माण कार्य ढेन्डुप भुटिया एण्ड कम्पनीले गर्नेछ भने उक्त सडकको निर्माण पूर्ण रूपले सिमेन्टको कंक्रिट ढलाई रहनेछ। लगभग 35 वर्षअघि त्यसताक दार्जीलिङ गोर्खा पार्वतीय परिषद्का क्षेत्रीय पार्षद छितेन शेर्पाको पहलमा बनिएको बाटो अहिले आएर 35 वर्षपछि पहिलो पटक वर्तमान गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन चिफ एक्जुकेटिभ अनित थापाको पहलमा यस बाटोले काँचुली फेर्ने भएको छ। उक्त सडक निर्माण कार्यको थालनी भएकोमा सम्पूर्ण क्षेत्रवासीमा खुसीको लहर छाएको पनि बताए । यसैले उक्त सडक निर्माण कार्यलाई सुचारू गराउनका निम्ति प्रत्येक दिन यस सडकमा गुड्ने गाडीहरूको समयतालिका बिहान साँडे 8 बजीदेखि दिउँसो 1 बजीसम्म, 2 बजीदेखि 4 बजीसम्म अनि 4:30 बजीदेखि  6:30 बजेसम्म सडल बन्द रहने जनाउदै उत्कृष्ट बाटो निर्माणको निम्ति चालक बर्ग लगायत सम्पूर्ण यात्रीहरूलाई रंगीत-मजुवा डेभलभमेन्ट एसोसिएशनले सहयोगको अपिल गरेको छ। अनि उक्त समयतालिकालाई रङ्गीत मजुवा डेभलपमेन्ट एसोसिएशनका सचिव सत्यम राईले जानकारी गराउदै सम्पूर्ण चालक दाज्युभाइ साथै क्षेत्रवासीहरूलाई भएका असुविधाको निम्ति खेद प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ