खरसाङ, (निस): राज्यकी मुख्यमन्त्री अनि अल इण्डिया तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीप्रति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले कृतज्ञता व्यक्त गरेका छन्।
राज्यकी मुख्यमन्त्री अनि अल इण्डिया तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीले कोलकातामा राज्यमा रहेको 294 वटा विधानसभा आसन मध्ये 291 वटा आसनको निम्ति तृणमूल कांग्रेस पार्टीका पार्थीहरूको नाम घोषणा गरे तापनि दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीका अध्यक्ष अनित थापालाई समझदारी अन्तर्गत छोड़िदिएको बताएकी थिए।
यस अवधि, खरसाङ्मा पत्रकारहरूसित बोल्दै, अनित थापाले ममता ब्यानर्जीप्रति कृतज्ञता व्यक्त गरे अनि तिनले यो पनि जनाए कि विगतमा पनि ममता ब्यानर्जीले पहाड़को क्षेत्रीयताको भावनालाई कदर गरेकी छन्। आफ्नो पार्टीको उम्मेदवार पहाड़बाट खड़ा गरिनन्, एउटा राष्ट्रिय पार्टी भए तापनि यसपाली पनि पहाड़को क्षेत्रीयताको भावनालाई कदर अनि सम्मान गर्दै तृणमूल कांग्रेसको पार्थी खड़ा गरिनन्। पहाड़को तीनवटा आसन गोर्खाहरूको किपट रहेको स्वीकार गर्दै तृणमूल कंग्रेस प्रमुखले आफ्नो पार्टीको उम्मेद्वार उठाइनन्, यी तीन आसान गोर्खाहरूको निम्ति छोड़िदिएकी छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी अनि तृणमूल कांग्रेस गठबन्धन पार्टी हुन्। ममता ब्यानर्जीले पहाड़को क्षेत्रीयताको भावनालाई सम्मान गर्दै, पहाड़कालाई नै तीनवटा आसन छोड़िदिएकी छन्। अर्कोतर्फ भारतीय जनता पार्टीले पहाडको पार्टीहरूसंग गठबन्धन गरेर अनि आफ्नै पार्टीको ब्यानरमा उम्मेदवार दिएर क्षेत्रीय पार्टीलाई मास्ने कार्य गरिरहेको छ।
तिनले यो पनि दावी गर्दै भने, भाजपासित गठबन्धन गरेर जीएनएलएफ पार्टीको पञ्जीकरण समाप्त भयो, गोजमुमोको अवस्था पनि यस्तै हुँदैछ। भाजपासित गठबन्धन गरेर यी पार्टीहरूले चुनाउ लड़न पाएनन्, यसरी चुनाउ लड़न नपाएकोलेनै जीएनएलएफको पञ्जीकरण रद्द भयो। भाजपाले गठबन्धन गर्छ तर आफ्नो ब्यानरमा उम्मेद्वार उठाउने गरेको छ।












