शहीद परिवारका विद्यार्थी छोरा-छोरीलाई पढ़ाइदिने अनितको घोषणा

Share this news

दार्जीलिङ, 28  जुलाई (निसं): पढ़्नको लागि असुविधाको सामना गरिरहेका शहीद परिवारका छोरा-छोरीहरूलाई पढ़ाउन जीटीएका मुख्य कार्यपाल अनित थापाले पूर्ण सहयोग प्रदान गर्ने घोषणा गरे। गोर्खा रङ्गमञ्च भवनमा आयोजित शहीद दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा नै थापाले यस्तो घोषणा गरेका हुन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जीलिङ महकुमा समितिको तत्वावधानमा आयोजित समारोहलाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै थापाले कसैको घरलाई शुन्य नबनाई जातिको लागि संघर्ष गर्दै अघि बढ़्ने पनि बताए। उनले भने-विगतका राजनैतिक नेताहरूले आन्दोलन गरे, त्यसमा धेरैजना शहीद भए। गोर्खा जातिले धेरै गुमायो, अब त्यसलाई मिलाउँदै जानुपर्छ। अब हिजोको भूललाई प्रकाशमा ल्याउन पनि चाहँदिनँ। तर त्यसलाई भूल पनि हो भनेर मान्न सकिन्दैन। अब दार्जीलिङ पहाड़मा जबसम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रहनेछ, तबसम्म पहाड़मा कोही शहीद हुनेछैन। कुनै आमाको कोख रित्तो हुनेछैन अनि कुनै महिलाको सिउँदो पुछिने छैन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि सङ्घर्ष जारी राखेको छ अनि यो सङ्घर्षमा धेरै सहनुपर्छ। म यो स्थानमा बसेर उत्तेजित भए फेरि जातिले दुःख पाउनेछ। यसैले धैर्य राखेर जाति हितको लागि काम गरिरहनेछु, थापाले प्रतिवद्धता जाहेर गरे। उनले विगतमा राजनैतिक नेताहरूले जाति र माटोको नाममा झुक्याएर भोट मागेको आरोप लगाउँदै आफूले सधैं सत्य कुरा गरेर नै जाति हितको काम गरेको पनि बताए। अब कसैमाथि दोष दिने काम गर्नु हुँदैन, हाम्रो सोच र विचारलाई सपार्नुपर्छ। यसैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कसैको घर शुन्य नबनाई जातीय सुरक्षाको लागि काम गर्नेछ, यो पार्टीले रचनात्मक राजनीतिमा विश्वास गर्छ, ध्वंसात्मकतामा होइन। यसैबीच, उनले समारोहलाई सम्बोधन गर्दै अझै अघि भने-शहीद परिवारहरूलाई प्रत्येक वर्ष शहीद दिवसको अवसरमा सम्मान प्रदान गरेर केही हुँदैन। किनभने, उनीहरूले आफ्नो परिवारका सदस्य गुमाएका छन्। यसलाई यो तुच्छ सम्मानले कदापि पूरा गर्नेछैन। तरै पनि शहीद परिवारका छोरा-छोरीको पठन-पाठनमा कुनै असुविधा भइरहेको छ भने उनीहरूलाई पूर्ण सहयोग गर्ने उनले घोषणा गरे। जसको लागि उनले आफूसित सम्पर्क गर्ने पनि शहीद परिवारहरूलाई आह्वान गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ