Ancient Silk Route Chill Marathon

जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन गरिने

Share this news

कालेबुङ जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन रेसको चौथो संस्करण आयोजन गरिने भएको छ। उक्त सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जुन म्याराथन पुरुष र महिला दुवै वर्गका लागि खुला रहनेछ र यसलाई ५ कि.मि. १० कि.मि. र २१ कि.मि. गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रहरी प्रमुख हरि पाण्डे, आइ.ओ. सञ्जय थापा, एम.टी.ओ. सूरज लामा र पूर्व भारतीय हकी टिमका कप्तान भरत क्षेत्री उपस्थित रहेर कार्यक्रमको विस्तृत जानकारी दिए। यो म्याराथनको दर्ता मिति प्रारम्भमा २ अक्टोबर २०२५ सम्म मात्र रहेको भए पनि अहिले १५ अक्टोबर २०२५ सम्मका लागि दर्ता अवधि थप गरिएको छ। त्यस्तै, म्याराथन रेस आगामी २ नोभेम्बर २०२५ मा आयोजना हुने जानकारी पनि दिइयो। जसमा कालेबुङ तथा वरपरका क्षेत्रका सर्वसाधारणलाई ठूलो सङ्ख्यामा सहभागिता जनाई सफल बनाउन अपील गरियो। एन्सियन्ट सिल्क रुट चिल म्याराथनले स्वास्थ्य, एकता र साहसिकताको भावना प्रबर्द्धन गर्नुका साथै कालेबुङको सांस्कृतिक तथा ऐतिहासिक सम्पर्कलाई उजागर गर्ने उद्देश्य लिइएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन