Binay Tamang Election analyasis
Binay Tamang Election analyasis

पहाडको तीन सीटमाथि जीत र हारमा विश्लेषण- भाग (२) विनय तामाङ

Share this news

दार्जीलिङ पहाडको वर्तमान र भविष्यको राजनैतिक परिदृश्यका लागि निकै सान्दर्भिक र गम्भीर छ। यदि पहाडका तीनवटै सिटमा भाजपा-गठबन्धन (राजु विष्ट र विमल गुरुङ , मन घिसिङ समर्थित उम्मेदवारहरू) ले जित हासिल गरे तर राज्यमा पुनः तृणमुल कांग्रेस कै सरकार गठन भए पहाडका नेताहरूको राजनैतिक अनिश्चितताको परिस्थिति सृजना हुनेछ ।

​१. विमल गुरुङको राजनैतिक भविष्य एवं दबाव : ​विमल गुरुङले यस पटक भाजपा र राजु विष्टसँग हात मिलाएर आफ्नो गुमेको साख फिर्ता लिने प्रयास गरिरहेका छन्। यदि राज्यमा ममता बनर्जी कै सरकार फेरि आए विमल गुरुङका लागि आउने दिनहरू फेरि प्रशासनिक “असहयोग” को सामना गर्नुपर्नेछ । किनभने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा अहिले अनित थापाको पकड छ जसलाई राज्य सरकारको पूर्ण समर्थन प्राप्त छ। विमल गुरुङमाथि लागेका पुराना मुद्दाहरू (केसहरू) फेरि सक्रिय हुन सक्ने वा प्रशासनिक दबाब बढ्ने सम्भावना रहनेछ। यदि उनीसँग पहाडको जनमत ( Electoral Mandate) भए मात्र उनले राज्य सरकारसँग बार्गेनिङ गर्न सक्ने स्थिति बन्नेछ अन्यथा उनको कठिन समय पुनः शुरू हुनेछ ।

​२. मन घिसिङ – गोरामुमोको राजनैतिक स्थिति : ​मन घिसिङ नेतृत्वको गोरामुमोले पनि अहिले भाजपालाई समर्थन गरिरहेका छन्।
यदि उनीहरूले समर्थन गरेका गठबन्धनका उम्मेदवारहरूले जिते तर राज्यमा भने ममता सरकार नै गठन भए गोरामुमोको लागि “छैठौं अनुसूची” वा अन्य संवैधानिक स्थायी समाधानका मुद्दाहरू अगाडि बढाउन कठिन हुनेछ । किनकि यी विषयहरूमा संवैधानिक अनि वैधानिक प्रक्रियाहरूको निम्ति राज्य सरकारको सिफारिस र सहयोग अनिवार्य हुँदछ । गोरामुमोले दार्जिलिङ पहाडमा राजनैतिक शक्तिको रूपमा अस्ताउनेछन् ।

​ ३. राजु विष्ट र भाजपाको भुमिका : यदि राज्यमा ममता व्यानर्जी सरकार गठन भए ​दार्जिलिङका सांसद राजु विष्टका लागि यो परिस्थिति “राजनैतिक गतिरोध” (Deadlock) जस्तै हुनेछन् ।
​सांसद विष्टले केन्द्रबाट योजनाहरू ल्याउन त खोज्लान् तर राज्यमा तृणमुल सरकार रहने भएकोले त्यी योजनाहरू जमिनी तहमा लागु गर्न प्रशासनिक अड्चनहरू आउन सक्नेछन्।​यदि दार्जिलिङ पहाडका तीनै सिट भाजपा गठबन्धन जितेतापनि भाजपामाथि “स्थायी राजनैतिक समाधान (PPS) ” गर्ने ठुलो राजनैतिक एवं नैतिक दबाव सृष्टि हुनेछ । यदि राज्य सरकारले सहयोग गरेन भने भाजपाले यसलाई फेरि पनि राज्य सरकारको असहयोग भन्दै पन्छिने मौका पाउनेछन् Easy Escape Route राजु विष्ट र भाजपाले पाउनेछन् ।

​ ४. अनित थापा र भागोप्रमोको अवस्था : यदि राज्यमा तृणमुल सरकार आए अनि दार्जिलिङ पहाडका तीनवटा आसानहरूबाट भागोप्रमो उम्मेदवारहरू हारे – ​यस्तो अवस्थामा सबैभन्दा रोचक स्थिति अनित थापाको हुनेछ। ​यदि उनका उम्मेदवारहरू हारे मपनि राज्यमा ममता सरकार आयो आए उनी “पराजित नेता” भएरपनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको माध्यमबाट सत्तामा रहिरहन सक्छन्। राज्य सरकारले उनलाई नै “पहाडको आधिकारिक प्रतिनिधि” मानेर अघि बढ्न सक्ने अवस्था हुनेछ आउँदो फरवरी २०२७ सम्मलाई । यी सबै ममताको सोचॅमा निर्भर गर्नेछ कारण ममता आफनो स्वार्थ लाभको निम्ति अर्को मार्ग अप्नाउनुपनि सक्छन् कारण ममता व्यानर्जीले आफ्नो राजनैतिक स्वार्थको निम्ति आफनै नजीककाहरूलाई राजनैतिक बलि चढाइएका घटनाहरू प्रशस्त छन् । अर्को राजनैतिक बलिको शिकार अनित थापापनि हुनसक्छ ।

यदि राज्यमा ममता अनि दार्जिलिङ पहाडमा भाजपा गठबन्धनका उम्मेदवारहरूले जिते – यस्तो चुनाव परिणामको समिकरणले दार्जिलिङ पहाडले फेरि एकपटक “सत्ता एकातिर, जनमत अर्कोतिर” भएको अवस्था भोग्नुपर्नेछ। विमल गुरुङ र मन घिसिङका लागि यो जित ‘नैतिक विजय’ त हुनेछ तर राज्यमा सरकार नहुँदा उनीहरूले आफ्ना एजेन्डाहरू पुरा गर्न फेरि पनि लामो संघर्ष र सडक आन्दोलनकै बाटो रोज्नुपर्ने देखिन्छ अन्यथा उनीहरूको राजनैतिक धरातल खस्केर जाने प्रबल सम्भावना देखिरहेको छ । ​विकास भन्दा बढी राजनैतिक खिचातानीमा पहाड अल्झिने खतरा उच्च रहनेछ। यस्तो स्थितिमा राज्य सरकार अनि दार्जिलिङ पहाडका निर्वाचित विधायकहरू माझ द्वन्द्व बढ्नेछन् – ” कुनामा बसेर पान खानु मात्र हुनेछ – जिम्बा सरको उक्त भनाई सत्य साबित हुनेछ ।” (भाग ३ आउँदैछ)

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ