इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन गाडीधुरामा आयोजित इण्डियन गोर्खा जनशक्ति फ्रण्टको समर्थन कार्यक्रममा अम्बोटे, लङभ्यु र सिमरिङका समर्थकहरू आइजीजेएफमा सामेल भए।
इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र छेत्री, एन.बी. खवास, प्रशान्त लामा, लाडुप घिसिङ, मदन मोक्तान, रमेश छेत्री आदि उपस्थित रहेका थिए। त्यसरी नै इण्डियन गोर्खा जन शक्ति फ्रण्ट खरसाङ महकुमा समिति अध्यक्ष सुरज घिसिङ, कार्यकारिणी अध्यक्ष मन्दीप लामा, महासचिव अल्फ्रेड तामाङ, कार्यकारिणी सचिव सन्नी लोप्चन, उपाध्यक्ष विवेक तामाङ आदि उपस्थित रहेका थिए। इण्डियन गोर्खा जन शक्ति फ्रण्ट युवा एकाई खरसाङ महकुमा समिति अध्यक्ष बिमल तामाङ, नारी शक्ति खरसाङ महकुमा समिति अध्यक्ष संगीता छेत्री, मिरिकको उप प्रधान अनुप सुब्बा आदि उपस्थित थिए। त्यसै गरी निर्वाचित सभासदहरूमा सन्नी बम्जन, सभासद रोबर्ट छेत्री, सभासद प्रतीम सुब्बा, सभासद रूबेन दास प्रधान। आयोजित समर्थन कार्यक्रममा खरसाङ अम्बोटे, लङभ्यु, रोहिनी, तीनधारिया सिमरिङका धेरै समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट रमाथि आस्था र भरोसा गर्दै समर्थन जनाए।
इण्डियन गोर्खा जन शक्ति फ्रण्टको नेतृत्वहरूले श्रद्धाञ्जली लगाउँदै समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाए। स्मरण रहोस् इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि छोडदैनौं, बाटो पनि छोडदैनौं भन्दै आइरहेको छ।माटो भन्नाले गोर्खाहरूले विगत धेरै वर्षदेखि माग्दै आएको अलग राज्य गोर्खाल्याण्ड हो, त्यसरी नै बाटो भन्नाले विकास हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट सत्तामा छैन तर पनि पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले आफ्नो गोजीको पैसा लगाएर पहाडको धेरै गाउँहरूमा पूलहरूको निर्माण, बाटोहरूको निर्माण, समाज घरहरूको निर्माण, खेल मैदानहरूको निर्माण गर्दै आइरहेको छ।












