Amar Subba's house
Amar Subba's house

अमर सुब्बाको घरमुनि पहिरो गएर घरलाई पनि तान्ने डर

Share this news

लगातार परेको पानीले अम्बटे चियाबारीको ठूलो बसेरी गाउँ निवासी अमर सुब्बाको घर मुन्तिर पैह्रो गएपछि घरलाई पनि तान्ने डर उत्पन्न भएको छ। यसको जानकारी पाएपछि पङ्खाबारी-अम्बटे -लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधानले त्यहाँ भ्रमण गरिन्। यस अवधि प्रधानले सम्बन्धित विभागका मुख्य अभियान्तासँग टेलिफोनिक कुराकानी गरेर शीघ्र यस पेह्रोग्रस्त क्षेत्रको भ्रमण गरेर रोकथामको निम्ति पहल गरिदिने आग्रह गरिन्। पेह्रो गएको सन्दर्भबारे बताउँदै अमर सुब्बाकी पत्नी सुजता सुब्बाले गत 14 सेप्टेम्बरको दिन अचानक तिनको घरमुनिबाट पेह्रो गएको जनाउँदै यसले तिनको घरलाई खतरामा पारेको जनाइन्। पेह्रो गएको खबर पाएर ग्राम पञ्चायत अनि खरसाङ खण्ड विकास कार्यालयबाट पनि भ्रमणको निम्ति आएर तत्कालीन राहत सामग्री प्रदान गरिएको तथा स्थानीय ग्रामवासीहरूले पनि सहयोग प्रदान गरेको बताइन्। सभासदले सम्बन्धित विभागीय अभियान्तासँग कुराकानी गरिएको जनाउँदै यस पेह्रोले अमर सुब्बाको घरलाई धेरै खतरामा पारेको जनाइन्। प्रधानले यस पेह्रोबाट भाग्यले केही मानिसहरू बाँचेको अवगत गराउँदै अतिशीघ्र पेह्रो गएको यस ठाउँलाई रोकथाम गर्नुपर्ने आवश्यकता रहेको पनि जनाउँदै सम्बन्धित विभागलाई शीघ्र पहल गरिदिने अनुरोध गरेकी छन्।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ