अजयद्वारा बालुवा बास नाल डाँडा सडकको उद्घाटन

Share this news

चुङथुङ-सिंगताम, 13 जुन(निसं): बालुवा बास जाने नाल डाँडा सडकको उद्घाटन कार्यक्रम आज भयो। यस सडकको उद्घाटन प्रमुख अतिथि इन्डियन गोर्खा जनशक्ति पार्टी संयोजक अजय एडवर्डको
बाहुलीद्वारा आज गरियो भने यसदिन दार्जीलिङ सदर-1 का सभासद प्रतिम सुब्बा,सदर-2 का सभासद रोबर्ट छेत्री, नेता एनबी खवास अन्य उपस्थित थिए। प्रमुख अतिथि अजय एडवर्डले
इन्डियन गोर्खा जनशक्ति पार्टीले त्यसै नरिवल फुटाउँदैन, ठूल्ठूलो कुरा मात्र गर्दैन जे गर्छ व्यवहारिक रूपमा कार्य गरेर देखाउँछ भनि बताए। अब उसो मेरीबुङ तामसाङ समष्टिमा
कसैले पनि इन्डियन गोर्खा जनशक्ति फ्रन्ड-लाई
सजिलै केही भन्नु सक्दैन भन्ने यो नाल डाँडाको सडक प्रमाण पनि हो। आईजीजेएफ-ले जे काम गर्छ त्यो फत्ते गरेर पनि छोड्छ भनी उनले बताए। अब कमान- कमानको श्रमिक दाजु-भाई  अनि दिदी-बहिनीहरूले आयस्रोतको निम्ति होटलदेखि लिएर विभिन्न प्रकारको योजनाहरू कमानमा अपनाउनु पर्ने सुझाव एडवर्डले दिए। उनले भने, यो जगा-जमीन हाम्रो बाजे-बोजुको पसिनाले बनाएको हो। अब चियाबारीका श्रमिक दाजु भाई दिदी बहिनीहरू कम्पनीको 220 रूपियाँमा निर्भर हुनु हुँदैन। हामीले नयाँ प्रकारको योजनाहरू अपनाउनु पर्छ। पाँच डेसिमल जमीन हामी मान्दैनौं भनि विरोध गर्ने हामी नै हौ। उद्योगपतिहरुलाई तीस प्रतिशत जमिन सरकारले दिँदैछ यसको पनि कडा विरोध गर्ने हामी हौ। हाम्रो बाजे-बोजुको पसिनाले सिंचेको हाम्रो जमीनको सुरक्षा भएको हुनु पर्छ। आज सिनकोना बगानको पनि अवस्था त्यस्तै जीर्ण छ। जहाँ बिजुलीको मिटर लगाउनु पनि प्रबन्धकलाई सोध्नु पर्छ। गोर्खाल्याण्ड मुद्दाले अब पहाडको जनता
ठगिनु हुँदैन, हो हामीलाई गोर्खाल्याण्ड पनि चाहिन्छ तर बाटो र विकास पनि भएको हुनुपर्छ। आज गोर्ख्याण्डको निम्ति वीर भएर अघि बढ्यौं तर गोर्खाको पीर कसैले बुझेको छैन भनि उनले बताए। आज पर्यटनको क्षेत्रमा पनि पहाड़ पछौटे हुँदै गइरहेको उनले जनाउँदै पर्यटकहरुलाई सिलगढीदेखि दार्जीलिङ आइपुग्नु सात घण्टा लाग्छ यस्तो ठाउँमा को आउँछ भनि उनले प्रश्न गरे। पहाडको अवस्था दिन प्रति डावाडोल भएर गईरहेको प्रमुख अतिथी एडवर्डले जनाए। दीपक राई अनि साजन राईद्वारा सञ्चालित कार्यक्रममा क्याप्टन महेन्द्र राईले पनि आफ्नो सम्बोधन राखे। राईले सम्पूर्ण श्रमकर्मी लगायत अजय एडवर्ड अनि सहयोगी समाज र व्यक्ति विशेष हरुप्रति आभार प्रकट गरे। यसदिन एडवर्ड अनि महेन्द्र राईलाई स्वर्ण प्रगति संघ, टाइगर हिल,सडक निर्माण कमिटीद्वारा आभार प्रकट गर्दै सम्मान-पत्र प्रदान गरेर सम्मान जनाईयो।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन