मुख्यमन्त्रीको आपतिलाई अजयको विरोध: अजय राजीनामा दिन तयार 

Share this news

दार्जीलिङ,19 नोभेम्बर(निसं):इन्टरलोक्युटर माथि मुख्यमन्त्री ममता ब्यनर्जीको आपतिलाई विरोध गर्दै साथै राज्यभित्रको व्यवस्था होइन,संविधान अनुरूप गोर्खालाई बंगाल राज्यदेखि अलग व्यवस्था चाहिन्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ड(आईजीजीफ) केन्द्रीय संयोजक अजय एवाडर्सले पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीलाई पत्र पठाएका छन्। यसबारे इण्डियन गोर्खा जनशक्ति फ्रण्ड केन्द्रीय संयोजक अजय एवाडर्सले एक प्रेस विज्ञाप्ति जारी गर्दै भनेका छन्, इन्टरलोक्युटर माथि मुख्यमन्त्री ममता ब्यनर्जीको आपतिलाई म विरोध गर्छु।केन्द्र सरकारले पहाड तराई डुवर्स तथा गोर्खा समुदायको दीर्धकालिन समस्यालाई समाधानको मार्ग निकाल्न पूर्व आईपीएस अधिकारी पंकज कुमार सिंहलाई इन्टरलोक्युटर नियुक्ति गरेको छ।केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्ति गरेको केही दिनमा नै राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार गरेर इन्टरलोक्युटर-को नियुक्तिलाई अविलम्ब खारिज गर्ने माग गरेकी थिइन।यसैक्रममा हिजो सोमबार दिन राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले प्रधानमंत्री नरेन्द्र मोदीलाई दोस्रो पटक पत्रचार गरेर जीटीए नै पहाडको अन्तिम विकल्प रहेको संकेत गराउदै इन्टरलोक्युटर-को नियुक्ति खारिज गर्ने माग गरेकी छन्।इन्टरलोक्युटर खारिज गर्ने मुख्यन्त्री ममता ब्यनर्जीको मागसँग आइजीजीफ सहमति छैन।विना वार्ता कुनै पनि समस्याको समाधान हुन सक्दैन।केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्ति गर्न अघि राज्य सरकारसंँग सम्पर्क गर्नु पर्थियो भन्ने विषय सही हो तर पहाड र तराई-डुवर्सका जनताले भोग्दै आएको समस्याहरूलाई हामी जन प्रतिनिधि भएको नातामा आँखा  चिमल्न सक्दैनौ।अर्को कुरा केन्द्रको भाजपा सरकारले 2009,2014,2019,2021, र 2024 सालमा हामी गोर्खा समुदायलाई इन्टरलोक्युटर लगायत अन्य कुराहरूको ललिपप देखाएको हामी सबैलाई थाहाँ छ तर असफल जीटीए,भष्ट्रचार आदि जस्ता घटनाहरूले जनता हैरान भईसकेका छन्, यस्तो अवस्थामा केन्द्र सरकारले नियुक्त गरेको इन्टरलोक्युटर आशाको किरण बन्न पुगेकोछ।
संयोजक अजय एवाडर्सले एक प्रेस विज्ञाप्तिमा भनेका छन्,जीटीए सभाको म स्वयम एक निर्वाचित सभासद भएको नाताले जीटीएको अवस्थालाई राम्रोसंँगले बुझेको छु,जीटीए पूर्ण रूपमा विफल भई सकेको छ।गत 2012 मा जीटीएको सम्झौता भएको हो तर जीटीए सम्झौता अनुरूप जीटीएमा कुनै कार्य भएको छैन।जीटीए गठन भएको यतिका बर्षहरू विति सक्दा पनि सम्झौता अनुरूप कुनै काम भएको छैन।जीटीए कम्जोर छ,राजनैतिक हस्तक्षेप छ।दार्जीलिङ पहाडको जनताले निर्वाचित गरेको जीटीए-लाई कोलकताबटा संचालन गरिन्दैछ।जीटीए कानून अनुसार जीटीए सभाको बैठक तीन महिनामा हुन पर्ने उलेख छ तर तीन बर्षको अवधिमा अहिलेसम्म सिर्फ तीनवटा जीटीए सभाको सभा भएको छ,यो लोकतन्त्रको अनादार हो।जीटीएमा खुल्ला रूपमा भष्ट्रचार मौलाउदैछ,नगर पालिका र जीटीएको सम्पति कसैलाई नसोधी 30 बर्ष भन्दा धेर समयसम्म लागि लीजमा दिने कार्यहरू भएको छ।नगरपालिका अथवा जीटीएको सम्पति बारे कुनै निर्णय लिन अघि नगरपालिका अथवा जीटीएको सभा डाकेर निर्वाचित जन प्रतिनिधिहरूलाई जानकारी गराउन पर्ने हो तर त्यस्तो कुनै कार्य भएन।स्थायी राजनैतिक समाधानले जातिया चिनारी बोकेको हुन पर्छ अनि त्यसले राजनैतिक सुरक्षा दिएको हुन पर्छ।देशको संविधान अनुसार हामीलाई बंगालदेखि छुटटै ब्यवस्था चाहिन्छ।यस विषयलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,ले पहिलो लाइनमा राखेका छन।राज्य भित्रको ब्यवस्था दार्जीलिङ गोर्खा पार्वतीय परिषद होस अथवा गोर्खाल्याण्ड क्षेत्रिया प्रशासन यी दुवैले जनताको जन आकांक्षा पूरा गर्न सकेनन।राज्यभित् व्यवस्थाहरू कोलकताको कठपूतली प्रमाण भई सकेका छन।राज्यभित्रको  व्यवस्थाले हाम्रो जन आकांक्षा पूरा भएन।हामी राज्यभित्रको व्यवस्थालाई नकार्छ भने म लगायत मेरो सहकर्मी निर्वाचित सभासदहरू राजीनामा दिनु पनि तयार छौ।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ