राजनैतिक इतिहासमा अजय एडवर्ड्स तीन दलाल हुन् : अनित 

Share this news

दार्जीलिङ,20 जनवरी(निसं):गाउँको सरकारदेखि लिएर मूल सरकारसम्ममा हाम्रो सत्ता छ। हामी अवश्य जित्ने छौ। हामीलाई जित्नु मात्र होइन,धेरै ठूलो मार्जिनले जित्नु छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) अध्यक्ष  अनित थापाले भनेका छन्।
दार्जीलिङ शहरवीच जज बजार स्थित बीजीपीएम केन्द्रीय कार्यलयमा पार्टीे अध्यक्ष अनित थापाले दार्जीलिङ महकुमा अन्तर्गतका समष्टि नेतृत्वहरु अनि कार्यकर्ताहरुसँग धारावाहिक भेटघाट गरिरहेका छन्। यसै क्रममा  रेलिङ-कैजले समष्टिका कार्यकर्तालाई सम्बोधन गर्दै थापाले भने, हामी निश्चित रूपमा दार्जीलिङ पहाडको तीन वटै सिटमा जीत हासिल गर्नेछौ। हामी राम्रो मार्जिनले चुनाउ जित्नेछौ। पहिला जीटीए चुनाउ हुँदा हामी केही पनि थिएनौं। तर अहिले पञ्चायत, जीटीए, नगरपालिकामा हाम्रो नै सत्ता छ। गाउँको सरकारदेखि मूल सरकारमा नै हामी छौँ भने हामी सजिलोवसँग जित्नेछौ। हामीलाई जित्नु मात्र होइन धेरै ठूलो मार्जिनले जित्नु छ।
थापाले कार्यकर्ताहरुको मनोबल बढाउँदै भने, हाम्राे चुनाउको प्रचार शुरू भई सक्यो। अरूको अत्तोपत्तो छैन। पञ्चायत चुनाउमा अरू सबै एक गाँठ भएर हामी विरूद्ध लडेको हो। तर हामीले जित्यौं। एमपि चुनाउ हामी एक्लै लड्नु सक्ने हाम्रोमा ताकत थिएन। हाम्राे उम्मेद्धारलाई हामीले तृणमूल को चिन्हमा चुनाउ लडाएका थियौँ। तर 86 साल पछिको रोग लागेको कारण हामीले आयात गरेको चिन्ह कसैले मनपराएन।
उनले जोड दिँदै भने, गाउँको सरकारदेखि लिएर मूल सरकार सम्ममा हाम्रो सत्ता छ। साइकोलोजी ठीक राख्नुपर्छ। हामी अवश्य जित्ने छौ। हामीलाई जित्नु मात्र होइन,धेरै ठूलो मार्जिनले जित्नु छ।
थापाले अजय एडवर्ड्सले बीजीपीएम अनि पार्टीेल नेतृत्वहरुलाई दलालको संज्ञा दिएको माथि कटाक्ष गर्दै भने, राज्य सरकारसँग मिलेर काम गर्छु भनेर म धाक पिटेर नै भन्छु। राजनीतिमा गठबंधन भन्ने कुरा हुन्छ। के गठबंधन गर्नु दलाल हो? अजय एडवर्ड्सले हामीलाई दलाल भन्छन् तर उनको यो इतिहास हेरौं।
थापाले अजय एडवर्ड्सको अन्य पार्टीे का नेताहरुसँगको फोटो देखाउँदै भने, पहिलो पटक अजय एडवर्ड्स टीएमसीसँग गठबन्धन थियो। उनी म भन्दा पनि अघि टीएमसीसँग गठबन्धन गर्ने व्यक्ति हुन्। के उ पनि दलाल हो त्यसो भने?
राजु विष्टसँगको फोटो देखाउँदै भने, त्यसपछि उ बीजेपीसँग मिल्यो। टिकट नपाउँदा उ रोयो पनि। त्यो समय नीरज जिम्बाले टिकट पायो। त्यसपछि उ विमल गुरुङ, बीजेपीसँग मिलेर पञ्चायतको चुनाउमा बीजीपीएम विरुद्धमा चुनाव लड्यो। हामीले एक्लै चुनाउ लड्यौँ। हामीले क्षेत्रीय चुनाउ आफै लडेका हौ। तर उसले बीजेपी सँग गठबन्धन गरेर चुनाउ लडेको थियो। उनी अझै एकपल्ट दलाल भयो। अजयक राहुल गान्धीसँगको फोटो देखाउँदै भने, सांसदको चुनावमा मैले टीएमसीसँग गठबन्धन गरेर चुनाउ लडे। फेरि उसले काँग्रेससँग मिलेर चुनाउ लड्यो। त्यो समय उसको जमानत पनि जफ्त भयो
थापाले कटाक्ष गर्दै भने, उसैको भाषामा भन्नु हो भने बीजीपीएमका नेताहरु एक दलाल हो भने उ तीन दलाल रहेछ। वास्तवमा उसले राजनीति बुझ्दैन। राजनीति गर्नेले कुर्सी नै खोज्छ। कसैलाई केही भन्नु अघि आफूले पनि ऐनामा हेर्नुपर्छ, थापाले थपे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ