गोर्खा समुदायलाई अजय एडवर्डसले सही नेतृत्व दिन सक्छन् : जेम्स साङमा

Share this news

दार्जीलिङ, 2 फरवरी(निसं): त्रिपुराका राज परिवारका उतराधिकारी तथा टिप्रा मोथा पार्टी प्रमुख राजा प्रद्योत माणिक्यले  दार्जीलिङमा उपस्थित रहँदै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आइजीजीएफ) प्रमुखसंयोजक अजय एड्वर्ड्ससित शनिबार भेट गरेको आइजीजीएफ मिडिया सेलको जारी एक प्रेस विज्ञप्तिद्वारा जानकारी गराएकोछ।
आइजीजीएफ मिडिया सेलको जारी एक प्रेस विज्ञप्तिद्वारा जानकारी अनुसार,  त्रिपुराका राज परिवारका उतराधिकारी राजा प्रद्योत माणिक्य र नेशनल पिपल्स पार्टीको राष्ट्रिय कार्यकारिणी अध्यक्ष जेम्स साङमा आज दार्जीलिङ आएको बेला स्थानीय एक होटलमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस बैठक गर्यो।यस अवधि अजय एडवर्डससंँग पार्टीको शीर्ष नेतृत्वहरू सामेल थिए।बैठकपछि राजा प्रद्योत माणिक्यले बताए, गत केही महिना अघि त्रिपुराका आदिवासी मानिसहरूको समर्थनमा आयोजना गरेको कार्यक्रममा अजय एडवर्डस अंश ग्रहण गर्न आएका थिए।आज मित्र अजय एडवर्डससंँग भेट गर्न आएका हौ।
अजय एडवर्डसले हामीलाई दुखको समयमा साथ दिएका थिए अनि हामी नयाँ सालको भेटसंँग हामी हाम्रो मित्रताको सम्बंधलाई दरिलो बनाउन दार्जीलिङ आएका हौ।अजय एडवर्डस हामीसंँग भेटन आउछ अनि हामी पनि उनीसंँग भेट्न आएका हौ। उनले बताए, दार्जीलिङ पहाड खरसाङ धेरै सुन्दर स्थान छ अनि यी स्थानहरू हेर्न पनि हामी यहाँ आएका हौं।छैटौं अनुसूचि सबै एक प्रकारका छैनन्।असम राज्यमा अलग प्रकारको छ भने त्रिपुरामा रहेको छैटौं अनुसूचि कम्जोर प्रकारको रहेको छ,त्यसरी नै मेघालयमा क्षमतावान छ,छैटौं अनुसूचिले जमीनको सुरक्षा प्रदान गर्छ।दार्जीलिङ,खरसाङ, गोर्खाल्याण्ड तथा त्रिपुरा,बोडोल्याण्ड,कर्बी अङलग यी सबै छैटौं अनुसूचि क्षेत्र हो।छैटौ अनुसूचि क्षेत्रहरूमा उत्पादन भएको चिया,रबर कुनै पनि वस्तुहरूको पैसा स्थानीय मानिसहरूले पाउनु पर्छ।छैटौं अनुसूचि क्षेत्रबाट उत्पादन हुने कुनै पनि विषयहरूले स्थानीय मानिसहरूलाई फाइदा हुन पर्छ।
हामीले हाम्रो जमीनको सुरक्षा गर्न सकेनौ भने आउने भावी पिडीहरूको भविष्य अन्धकार हुनेछ।रूपिया पैसाले मात्र केही हुँदैन हामीले हाम्रो भावी पिडीहरूलाई उनीहरूको हक र अधिकार पनि दिनु सक्नु पर्छ।हाम्रो माग र मुद्दा भला अलग अलग हुन सक्छ तर हामी अलग अलग भएर बस्यौ भने हामी अझ कम्जोर हुने छौ।अरूणाचल,मेघालय,गोर्खाल्याण्ड आदि क्षेत्रको मानिसहरूलाई दिल्लीमा लिएर गयौं भने यी सबैलाई एउटै जस्तो देखिन्छ तर एउटै नजरले हेर्ने गर्छ।नर्थ इस्ट क्षेत्रको मानिसहरूलाई हेर्ने जो नजर छ त्यसलाई देख्दा हामी सबैलाई दुख लाग्छ।हामीले हाम्रो बारेमा एकबद्ध भएर बताउनु सक्नु पर्छ।
यसैवीच नेशनल पिपल्स पार्टीको राष्ट्रिय कार्यकारिणी अध्यक्ष जेम्स साङमाले भनेका छन्,पहाड तथा गोर्खा समुदायलाई अजय एडवर्डसले सही नेतृत्व दिन सक्छन्।उनले भने, एनपीपीको राष्ट्रिय कार्यकारिणी अध्यक्ष जेम्स साङमा आईजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डससँगको भेटवार्तापछि अध्यक्ष साङमाले दार्जीलिङ पहाड तथा गोर्खा समुदायलाई सही नेतृत्व अजय एडवर्डसले दिनु सक्छ भन्ने उनले स्पष्ट बताए।गत केही महिना अघि अगरतलामा विराट र्‍यालीको आयोजना गरिएको थियो।
आयोजित र्‍यलीमा अजय एडवर्डसले अंश ग्रहण गरेर हामी सबैलाई ठूलो हौसला प्रदान गरेका थिए।आज हामी दार्जीलिङ आएका छौं अनि दार्जीलिङ पहाडलाई हेरेर हामीले पहाड तथा गोर्खा समुदायलाई अजय एडवर्डसले सही नेतृत्व प्रदान गर्न सक्छ भन्ने अनुभाव गरेका छौं।दार्जीलिङ पहाडले परिवर्तन खोजिरहेको हामी अनुभाव गर्‍यौ अनि अजय एडवर्डस यसको लागि सही रहेको हामीले अनुभव गरेका छौ।अजय एडवर्डस एक जना युवा नेता हुनुको सँगसँगै नयाँ परिवर्तन गर्न सक्ने नेतामा हुने गुण हामीले पाएका छौ।
नर्थ इस्टमा हामी राजनीति  गर्छौ त्यहाँ हाम्रो राजनैतिक पार्टी छ। हामी अजय एडवर्डसलाई खुल्ला समर्थन गर्छौ।उनले गरेको हरेक कार्यहरूलाई हामी समर्थन गर्ने छौ।आज हामी यहाँ एक मित्रताको नातामा आएका हौ अनि हामी यहाँ आएर धेरै खुशी भएका छौ।हामीले हाम्रै आखाँले हेर्‍यौ अजय एडवर्डसलाई यहाँका मानिसहरूले जो इज्जत र सम्मान दिएको छ, त्यसले हामीलाई धेरै खुशी लागेको छ।दार्जीलिङ पहाड तथा गोर्खा समुदायले अजय एडवर्डस  जस्तो कुशल नेतृत्वलाई चयन गरेको खण्डमा पहाड र गोर्खा जातिलाई धेरै राम्रो हुनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ