अजयले गरसिङेलाई धार्मिक पर्यटन स्थल बनाउने

Share this news

दार्जीलिङ,19 अप्रेल(निसं): इण्डियन गोर्खा जनशक्ति फ्रण्ड(आईजीजेएफ) संयोजक तथा दार्जीलिङ विधानसभा उम्मेदवार अजय एडवर्डस चुनाव प्रचारमा एतिहासिक स्थान गरसिङे पुग्नसाथ त्यस स्थानलाई धार्मिक पर्यटन स्थल बनाउने प्रतिबद्धता जाहेर गरेका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्ड सयोजक तथा दार्जिलिङ विधानसभा उम्मेदवार अजय एडवर्ड आफ्नो चुनावी प्रचारको क्रममा हिजो साझ रेलिङ-कैजले समष्टि पर्ने सिक्किम सिमास्थित एतिहासिक स्थान गरसिङे पुगेका छन। दिउँसो रिम्बिक- लोधोमा क्षेत्रको चुनावी  भ्रमण सकेर सुम्बुक हुँदै रेलिङ-कैजले छिरेका एडवर्डले सुम्बुक गुर्दुम झेपी लगायतको गाउँमा भेट्घाट गर्दै गरसिङे पुगेको हुन जहाँ एतिहासिक कुवा तथा गोर्खा सैनिकहरुले भाकल गरेको एतिहासिक हात्ती बाध्ने ढुगाको दर्शन गरे।
यसैवीच उनले, पहाडले साच्चै परिवर्तन चाहेको तथा यसको विकल्प भनेको आफुहरु रहेको तथा केन्द्र अनि राज्यको कुनै बैशाखीबिनै नै जनताको आकांक्षा अनुरुप आफुहरु चुनाव जाने निर्णय गरेको बताए। यसको साथमा कालेबुङ कृषक कल्याण सगठनका महासचिव विष्णु छेत्रीको पहलमा बिहारका आरजेडी सांसद सुधारक सिंहले संसदको आगमी सत्रमा गोर्खाल्याण्डमाथि प्राइभेट बील ल्याउने पहललाई ऐतिसाहिक मानेको तथा यसको निम्ति आफुहरुले दिलोज्यानले सहयोग गर्ने बताए।अर्कोतिर, यस ऐतिहासिक गरसिङेलाई स्वतन्त्रता पछि कसैले वास्त नगरे पनि आफुहरु पहिलो प्राथमिकता रहेको पार्टी नेता बुद्ध लक्समले बताए भने यस स्थानलाई धार्मिक पर्यटन स्थल बनाउन पहल गरिने बताए। कार्यक्रममा एडवर्ड वाहेक पार्टीका विभिन्न नेतृत्वहरु सगै पार्टी समर्थकहरुको विशेष उपस्थित रहेको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ