Achievements of 29th National Youth
Achievements of 29th National Youth

उन्तीसऔं राष्ट्रिय युवा महोत्सव-२०२६ सोरेङका उपलब्धिहरू

Share this news

उन्तीसऔं राष्ट्रिय युवा महोत्सव-२०२६ अन्तर्गत राज्यस्तरीय युवा महोत्सवमा सोरेङ जिल्लाका उपलब्धिहरू महत्वपूर्ण रहेको जानकारी पाइएको छ। यस सन्दर्भभमा सोरेङ जिल्ला, स्पोर्ट्स तथा युवा मामिला विभाग, खुशीका साथ जानकारी दिंदै भनेको छ- सोरेङ जिल्लाका युवा सहभागिहरूले राज्यस्तरीय युवा महोत्सव प्रतियोगिताहरूमा प्रशंसनीय सफलता प्राप्त गरेका छन्। यी प्रतियोगिताहरू सिक्किम सरकारको स्पोर्ट्स तथा युवा मामिला विभागले भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको सहकार्यमा आयोजित गरेका हुन्, जुन २९ औं राष्ट्रिय युवा महोत्सव (NYF) २०२६ को भागको रूपमा भएको हो। राज्यस्तरीय युवा महोत्सव प्रतियोगिता १८ देखि १९ डिसेम्बर २०२५ सम्म पाल्जोर स्टेडियम इनडोर ब्याडमिन्टन हल, गान्तोकमा सञ्चालन गरिएको थियो।
सोरेङ जिल्लाले कविता लेखन, उद्घोषणा, चित्रकला, समूह नृत्य, कथा लेखन, र समूह लोक गीत गरी छ प्रतियोगितात्मक कार्यक्रमहरूमा सहभागिता जनाउने। सहभागीहरूले असाधारण प्रतिभा, सिर्जनशीलता, र सांस्कृतिक उत्कृष्टता प्रस्तुत गरे, जसले राज्यस्तरमा उल्लेखनीय स्थानहरू सुरक्षित गर्यो: अनुप छेत्री – प्रथम स्थान, कविता लेखन, सुश्री लक्पा छिरिङ भुटिया – प्रथम स्थान, कथा लेखन, सुश्री मञ्जिला कामी – दोस्रो स्थान, चित्रकला, प्रविन छेत्री – तेस्रो स्थान, उद्घोषणा, बी.एड. कलेज टोली – तेस्रो स्थान, समूह लोक नृत्य। थप रूपमा, जिल्ला स्तरिय युवा महोत्सव छनोट परिक्षामा साथै राज्य स्तरिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका आधारमा, अनुप छेत्रीलाई २०२६ जनवरी महिनामा नयाँ दिल्लीमा आयोजना हुने २९ औं राष्ट्रिय युवा महोत्सवमा सिक्किम राज्यको प्रतिनिधित्व गर्न छनोट गरिएको छ। यो उपलब्धि सोरेङ जिल्लाका लागि गर्वको विषय हो।
यस अवसरमा, सोरेङ जिल्लाको खेलकुद तथा युवा कार्य विभागका उपनिर्देशकले सोरेङ जिल्लाको SYAD का सबै पदाधिकारी र कर्मचारी, शिक्षकहरू, संस्थाहरू र सहयोगी कर्मचारीहरूलाई उनीहरूको समर्पित प्रयास र टीमवर्कको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उपनिर्देशकले सहभागीहरूलाई निरन्तर प्रोत्साहन, मार्गदर्शन र समर्थन गरेका अभिभावकहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन्, जसले राज्य-स्तरीय युवा महोत्सवमा यी महत्वपूर्ण उपलब्धिहरूमा महत्वपूर्ण भूमिका खेलेको छ। यो समाचार स्पोर्ट्स तथा युवा मामिला विभाग, सोरेङ जिल्लाबाट जारी प्रेस विज्ञप्तिबाट जानकारी पाइएको हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ