जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

Share this news

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङको पुरानो प्लाजा सिनेमा हल उकालो डुमारामको बाटोमा एक महिला लड़ेर घाइते भएकी छन्। बाटोको अवस्था जीर्ण रहेकोले बाटोमा रहेको खाल्डामा झुक्किएर खुट्टा पस्दा उक्त महिला लड़िन् अनि घाइते बनिन्। महिलाको नली खुट्टाको हड्डी मासु छेड़ेर बाहिर निस्किएको छ। तिनलाई स्थानीय मानिसहरूको सहयोगमा उठाएर खरसाङ महकुमा अस्पताल ल्याइएको थियो। अस्पतालमा डाक्टहरूले जाँज गरेर प्राथमिक उपचारपछि टेकवीर बस्ती निवासी घाइते महिला शिशिला जर्जलाई उत्तर बंगाल मेडिकल कलेज अनि अस्पताल रेफर गरिएको छ। स्थानीय मानिसहरूले डुमारामको उक्त बाटो धेरै अघिदेखि जीर्ण रहेको र यस विषयमा नगरपालिकालाई जनाइएको बताउदै यस स्थानमा धेरै मानिस लड़िसकेको र यस पल्ट उक्त महिला लड़ेर गम्भीर घाइते बनेको बताएका छन्। स्थानीयहरूले जनसाधरणको सुरक्षाको निम्ति बाटोको मरमति गर्न पर्ने पनि माग गरेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ