सामुहिकरुपमा शहीदलाई श्रद्धाञ्जली चढाउने अनुरोध

Share this news

अस्तित्वको आन्दोलनको घडेरी हाम्रा शहीदहरू अनि गोर्खाहरूको पुस्ताहरुको सर्वोच्च र नि:स्वार्थ बलिदानमा बनेको आइजीजेएफका प्रमुख अजय एडवर्डसले बताएका छन्। जसले आफ्नो स्वर्थपूर्तिको लागि होइन तर न्याय, राजनीतिक पहिचान र सही राज्य “गोर्खाल्याण्ड”- को निर्माणको लागि भारतीय संविधानको ढाँचाभित्र सबै थोक दिए। हाम्रा शहीदहरुको रगतले कहिल्यै नमेटिने इतिहास लेखेको छ। उनीहरुको साहस, उनीहरुको त्याग र उनीहरुको अटल भावना हाम्रो आन्दोलनको आत्मा बनेको एडवर्डसले बताएका छन्। उनले गोर्खाहरू अगाडि बढ्दै जाँदा, सबै मानिसहरूलाई विनम्र अनुरोध गर्दै भनेका छन् – तपाईं जहाँ भए पनि – यी वीर शहीदहरूलाई तपाईंको प्रार्थनामा सम्झनुहोस्, उनीहरूको हृदयमा सम्मान गर्नुहोस् र कार्य र एकताको माध्यमबाट उनीहरूको सम्झनालाई जीवित राखौं। यो शहीद दिवसमा शहीद स्मारक जहाँ छ, त्यहाँ एकताबद्ध भएर उभिने प्रयास गरौं — सम्झनाको प्रतीक मात्र होइन, हाम्रा शहीदहरूको बलिदानप्रति जीवित श्रद्धाञ्जलीका रुपमा उपस्थित बनौं। यस सन्दर्भमा, एडवर्डसले नजिक हुनुहुने र उपस्थित हुन सक्ने महानुभावहरूलाई दिउँसो १२:३० बजेसम्म पी. कोठी, सी. आर. दास रोड, दार्जीलिङमा उपस्थित भइदिने अनुरोध गरेका छन्। त्यहाँबाट गोर्खा रंगमञ्च भवन परिसरमा अवस्थित शहीद स्मारकसम्म एक साथ प्रस्थान गरी, गोर्खाल्याण्डका शहीदहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्ने बताएका छन्।

A request to pay homage to the martyrs collectively

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ