क्यान्सरपछि दशैंको प्रतीक जमरासँग फुर्मितको नयाँ यात्रा

Share this news

सञ्जय प्रधान⇒ 

दशैंको टिकासँग अनिवार्य रूपमा जोड़िने जमराको स्वास्थ्यसँग पनि गहिरो सम्बन्ध छ। हिजोआज यसको जुस पिउने चलन बढ़्दो छ। यही जमरालाई जीवनको सहारा बनाएकी छिन्-सिक्किमकी फुर्मित लेप्चाले। एक समय क्यान्सरसँग लड़ेर निको भएकी फुर्मित अहिले गान्तोकको एमजी मार्गमा हरेक बिहान जमराको जुस बेच्दै अरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदैछिन्।

नारी दर्पण 

सिक्किमको राजधानी गान्तोकमा हरेक बिहान एमजी मार्गस्थित डिस्ट्रिक्ट कन्ट्रोल रुमअगाड़ि ३० वर्षिया फुर्मित लेप्चा बिहान पाँच बजेदेखि बिहान आठ बजेसम्म जमराको स्टल राख्छिन् र जुस बेच्छिन्। उनकोमा दैनिक २० देखि ३० जना मानिसहरू जमराको जुस पिउन आउँछन्।

‘‘बिमारी हुँदा आत्तिनु हुँदैन, मनोबल दह्रो राखे औषधीले पनि काम गर्छ’’

जमरासँग उनको सम्बन्ध त्यसै गाँसिएको होइन। २६ वर्षको उमेरमा क्यान्सरसँग संघर्ष गरिन्। सन् २०२१ मा उनलाई क्यान्सर भएको पत्तो लाग्यो। उनी भन्छिन्, ‘‘म क्यान्सरको बिरामी थिएँ। उपचारपछि घरमै रिकभरी स्टेजमा थिएँ, त्यति बेला मलाई निक्कै साह्रै थियो।’’ घरमा बस्दाबस्दै उनले सोसल मिडियाबाट काठमाड़ौंकी सीता भट्टराईले संचालन गरेको जमराको उद्योग र यसको गुणबारे थाहा पाइन्। उनका अनुसार, सीता भट्टराईले पनि क्यान्सरलाई जितेकी हुन्। उनी भन्छिन्, ‘‘पहिला मैले दशैंको जमराजस्तै सजिलो ठानेर खान शुरु गर्न खोजेँ, तर म्याडम (सीता भट्टराई)ले भनिन्- नजानिकन खानु हुँदैन, यसले उल्टो असरपार्छ, सिकेर मात्र खानुपर्छ।’’

सीता भट्टराईले बोलाएपछि काठमाड़ौं गएर करिब १५ दिनको तालिम लिइन्। फुर्मित भन्छिन्, ‘‘यसको व्यवस्थित तालिम लिनुपर्छ। यसमा प्र्याक्टिकल र थियोरिटिकल दुवै हुन्छन्। तालिमपछि प्रमाणपत्र दिनुहुन्छ।’’ तालिम लिएर फर्केपछि उनले जमरा उमारेर खान थालिन् र छिमेकीलाई पनि दिन थालिन्। उनी भन्छिन्, ‘‘खानु थाल्दै जाँदा सबैलाई राम्रो भयो। त्यसपछि पहिलोपल्ट सिङताममा एक वर्ष लगे, पछि गान्तोकमा माग भयो।’’

पूर्व सिक्किमको सुमिन-लिङ्जेमा जन्मिएकी फुर्मितले सन् २०२२ देखि जमरालाई कृषि खेतीकै शुरु गरेकी छिन्। ससुराली गाउँ उत्तर सिक्किमको जोङ्गु र माइतघरमा जमरा उमार्छिन्। गान्तोकदेखि माथि इन्चेमा स्टोर गर्छिन्। यस कार्यमा उनकी श्रीमान छिरिङ ग्यात्सोले सहयोग गर्छन् भने परिवारले साथ दिएका छन्। जमराको फाइदा सिक्किमका मानिसहरूमा पुर्‍याउने उद्देश्यले उनले यो काम शुरु गरेकी हुन्। जौं र गहुँको फरक जमरा उमार्छिन्। उनी भन्छिन्, ‘‘बिहान राख्नुको कारण हो, खाली पेटमा पिउँदा यो प्रभावकारी हुन्छ।’’ गहुँ र जौंको जमरा उनी दिनहुँ रोप्छिन्। उनी भन्छिन्, ‘‘यसलाई अलिक चिसो मौसम चाहिन्छ। धेरै चिसोमा पनि हुँदैन, तापक्रम मिलाइ रहनुपर्छ। कहिले अउलमा, कहिले लेकमा रोपेर इन्चेमा लगेर राख्छौं। त्यहाँबाट बिहानै एमजी मार्गमा लिएर जाने गर्छौं।’’ क्यान्सर भएपछि पहिलो उपचार कलकत्तामा गरिन्। ‘‘एक महिनामै सर्जरी गरें, त्यसपछि गान्तोकमा दुई महिना रेडिएसन थेरापी गरें। त्यसले शरीरको सेल्सलाई क्षति पुर्‍याउँछ, पानी सुक्ने र अन्य साइड इफेक्ट्सहरू हुन्छन्’’, उनी सम्झिन्छिन्।

‘‘जमरा दशैंको जस्तै देखिए पनि यसलाई उमार्ने तरिका, माटो, तापक्रम र ह्युमिडिटीले फरक पार्छ। व्यवस्थित तरिकाले रोप्दा औषधीय गुण आउँछ’’, उनी भन्छिन्, ‘‘यो जुनसुकै बिरामीले खान मिल्छ। स्वस्थ मानिसले पनि खान सक्छन्। यो औषधी होइन, सप्लिमेन्ट हो- भिटामिन, मिनरल्स, बुस्टरजस्तै।’’ उनी जौं र गहुँको जमराको अलग  अलग जुस बनाउँछिन्।

उनका अनुसार, जमराको जुसले शरीरको प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र सुरक्षात्मक रूपमा काम गर्छ। उनी भन्छिन्, ‘‘यसले प्रतिरोधात्मक प्रणालीलाई सशक्त बनाउँछ। शरीरलाई क्याल्सियम, म्याग्नेसियम, आइरन, जिंकजस्ता मिनरल्स आवश्यक हुन्छन्, जुन हाम्रो सामान्य आहारबाट पर्याप्त प्राप्त हुँदैन। यसको कमिले शरीरको ऊर्जा र पाचन प्रक्रियामा ढिलाइ ल्याउँछ।’’ उनी बताउँछिन्, ‘‘शोधअनुसार जमरामा धेरै मिनरल्स पाइन्छ। यसमा एन्टीअक्सिडेन्ट हुन्छ, अक्सिजन बढ़ाउँछ, पाचन प्रक्रिया सुधार्छ, शरीरलाई सफा गर्छ र फोहोर हटाउँछ।’’ उनी अझ भन्छिन्, ‘‘हामीसित विभिन्न रोगका बिरामीहरू जोड़िएका छन्। अनि अहिले सबैलाई राम्रै हुँदैछ।’’

बिहान खानेबारेमा उनी भन्छिन्, ‘‘जमरालाई काटेर धोएर जुस बनाएर तुरुन्तै खानुपर्छ, लामो समयसम्म राख्न मिल्दैन। आजको लागि आजै बनाउनुपर्छ, भोलिको लागि भोलि नै ताजा बनाउनुपर्छ।’’ उनकोमा बिहान एमजी मार्गमा मानिसहरू जमराको जुस खान आउँछन्। हिँड़डुल गर्न नसक्नेहरूका लागि बोतलमा लगेर एक घण्टाभित्र खुवाइन्छ। उनी भन्छिन्, ‘‘जमरा काटेर धोएर एमजी मार्गमा लिएर जान्छु, त्यहीँ जुस बनाउँछु। कतिले लिएर जान्छन्। तापक्रम बढ़्दै गएपछि जुस पातलो हुन्छ, त्यसैले लामो समय राख्न सकिँदैन। बेसी टाढ़ासम्म लैजान सकिँदैन।’’ टाढ़ाका लागि सुकाएको जमरा उपलब्ध गराउनेबारेमा उनी भन्छिन्, ‘‘सुकाएको जमरालाई मुखमा राखेर चपाउँदा रस निस्किन्छ। त्यही रस निस्किन्जेल खानुपर्छ। अर्डर गरे सुकाएर दिन्छौं। जौंको तितो र गहुँको जुस गुलियो हुन्छ। धेरैजसोले जौंको रोज्छन्। यो सप्लिमेन्ट हो- सागसब्जी फलफूल खाएजस्तै हो। यसले शरीरलाई ताकत दिन्छ र नयाँ राम्रो सेल्सहरू बनाउँछ।’’

सिक्किमभित्र यसको प्रदर्शनीहरू पनि गर्छिन्, र यसबाट मानिसहरूमा जागरुकता आएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘यसको कुनै साइड इफेक्ट हुँदैन, स्वास्थ्यवर्धक हो भनेर गान्तोक म्युनिसिपल कर्पोरेसनका मेयरले गान्तोकमा राख्न लगाउनुभयो।’’ फुर्मितले अहिले आफ्नै बलबुत्तामा यी सबै गरिरहेकी छिन्। ‘‘जमरा रोप्दा व्यवस्थित तरिकाले रोप्नुपर्छ’’, उनी भन्छिन्, ‘‘माटो तयार गर्न महिना दिन जति लाग्छ। बारीको माटोले हुँदैन- खेतीपातीमा प्रयोग नभएको, मिनरल्स धेरै भएको माटो चाहिन्छ। अलग अलग ठाउँबाट गुणस्तरको माटो जोगाड़ गरेर तयार गर्छौं र यसैमा जमरा रोप्छौँ।’’ यो जमरा भूइँमा होइन, ट्रेमा रोपेर उमारिन्छ। उनी भन्छिन्, ‘‘जमरा रोपेर नौ देखि एघार दिनमा उम्रिएको जमराको जुस खानु फाइदाजनक हुन्छ, यसमा औषधीय गुण पाइन्छ।’’

‘‘बिमारी हेरेर कसैले तीन महिना, कसैले सात महिना, कसैले एक वर्ष खान्छन्। एमजी मार्गमा घुम्ने पर्यटकहरू पनि जान्न चाहँदै खान्छन्’’, उनी भन्छिन्,‘‘म निको भएको तीन वर्ष भयो, निरन्तर खाँदैछु। अहिले सबै ठिक छ।’’ उनी निको भएर घरका नियमित कामहरू गर्छिन् र वर्षमा दुई-तीनपल्ट करिब १४ हजार फीटको उचाइमा हिमालतिर श्रीमानसँग १०-१२ दिनको ट्रेकिङमा जान्छिन्। उनका श्रीमान् छिरिङ ग्यात्सोले ट्रेकिङ गराउँछन् र नयाँ बाटोहरू खोज्छन्।

फुर्मित भन्छिन्, ‘‘बिमारी हुँदा आत्तिनु हुँदैन, मनोबल दह्रो राखे औषधीले पनि काम गर्छ।’’ उनका लागि जमरा केवल जुस होइन, स्वास्थ्यमा पुनः विश्‍वास ल्याउने माध्यम बनेको छ।


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ