खरसाङ महकुमा खेलकूद संघको सभा आयोजित

Share this news

खरसाङ महकुमा खेलकूद संघको सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा बुधबार आयोजन गरिएको थियो।‌ सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा गत 28 र 29 जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा स्व धर्मे तामाङको‌ परिवारलाई सङ्घको तर्फबाट धन्यवाद ज्ञापन गर्दै श्रद्धार्पण गरेर सम्मान जनाइएको छ। सभामा आगामी 13 जुलाईमा हुने ‌ टेबल टेनिस प्रतियोगिता विषयमा चर्चा परिचर्चा गर्दै टेबल टेनिस प्रतियोगिता तीनवटस वर्गमा खेलाइने‌ जसमा मेन्स सिंगल्स, गर्ल्स सिंगल र भण्डार 14 बोइस गरेर खेलाइने भएको छ। यस टेबल टेनिस प्रतियोगिता खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको छ।‌ प्रतियोगिताको लागि बिजय राईलाई संयोजक चयन गरिएको छ। यसै सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 26 र 27 जुलाईमा हुने ‌ ब्याटमिन्टन प्रतियोगिता विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो।‌ यस विषयमा संघका उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

कविता- हाम्रा भानुलाई ईमेल

कविता- हाम्रा भानुलाई ईमेल

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

आजको भेटघाट भयो रमाइलो

आजको भेटघाट भयो रमाइलो