योग साधनाले उज्यालो बनेको जीवन

Share this news

नारी दर्पण 

सञ्जय प्रधान⇒  

जीवन असन्तुलित हुँदा कसैको साथ हुन्छ, कसैको विश्‍वास, त कसैको साधना। जीवनको कठिन परिस्थतिले घेरिएको बेलामा मणिता प्रधानको जीवनमा त्यस्तै साथ बन्न पुग्यो- योग साधना। क्यान्सरसँग लड़ेकी उनी आज योग गुरु डा० मणिता प्रधानको रुपमा उदाएकी छिन्। आज धेरैलाई उनले स्वास्थ्य, सुख अनि आत्मविश्‍वासको मार्गमा डोर्‍याइरहेकी छिन्।

योग गुरु डा0 मणिता प्रधान

कदमतला सिलगढ़ी निवासी मणिता बंगलोरमा जन्मिएकी हुर्किएकी हुन्। दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक अनि सिक्किम मणिपाल युनिभर्सिटीबाट स्नातकोत्तर गरिन्। योगाबारे सानो हुँदा स्कूलमा पढ़ेकी मात्र थिइन्। सन् २०१४ मा पतिको देहवासन पछि गहिरो मानसिक आघातमा परेको उनी बताउँछिन्। त्यति बेला छोरी सानै थिइन्। स्वास्थ्य बिग्रिँदै जाँदा क्यान्सर भएको पत्तो लाग्यो। उपचारको निम्ति अमेरिका पुगिन्। अमेरिकामा एकजना डाक्टरले भारत योगको भूमि रहेको बताउँदै भारतमै योगा गरे बिमार निको हुन्छ भन्ने सुझाव दिए। उनी भन्छिन्, ‘‘मैले पहिला विश्‍वास गरिनँ। घरमा आएर प्रयास गर्दा मेरो पीड़ा कम भयो। मैले सोंचे जब युट्युबबाटै गरेर मलाई राम्रो भयो भने यसको पूरा कोर्स गर्नुपर्छ भनेर बंगलोर कनकपूरा स्थित श्री श्री रवि शंकरको स्कूल अफ् योगामा गएँ।’’ त्यहाँ पहिला उपचार भयो, त्यस पछि योगा सिकेर एक वर्षको टिचर ट्रेनिङ गरिन्। उनी क्यान्सरको सेकेण्ड स्टेजमा पुगेकी थिइन्। केमो गरिन्, योगालाई निरन्तरता दिइन्, अहिले ४० वर्ष पुगेकी मणिता पूर्णरूपले निको साथै स्वस्थ छिन्।

योगा भनेको शारीरिक व्यायाम, ध्यान, प्राणायाम हो। मानसिक रोग, शारीरिक समस्याहरूको समाधान यसमा छ”

बंगलोरमा योग गुरुको परीक्षा सकेर अन्तर्राष्ट्रिय योग गुरुको परीक्षा पनि उत्तीर्ण गरिन्। उनी भारत सरकारको आयुष मन्त्रालयद्वारा प्रमाणित योग गुरु हुन्। मणिताले सिलगढ़ीलगायत वारिपरिका ठाउँमा योगा सिकाउँछिन्। उनले २०१६ देखि पहिला योगा प्रशिक्षण गान्तोकमा शुरु गरेकी थिइन्, तर पछि कदमतला सिलगढ़ीमा शुरु गरिन्।

सन् २०२० मा कोभिड-१९ को महामारीमा लकडाउनअघि मिलन मोड़ सिलगढ़ीमा सिकाउँदै थिइन्। लकडाउन हुँदा धेरैलाई योगाबारे इच्छा जागेको उनी बताउँछिन्। लकडाउनको बेलामा उनले बिहानदेखि साँझसम्म नि:शुल्क अनलाइन प्रशिक्षण दिइन्। सो बेलालाई सम्झिन्छिन्, ‘‘त्यति बेला कसैलाई श्‍वासको समस्या हुँदा तुरन्तै मलाई सम्पर्क गर्थे, घरबाटै सिकाउँथे। एकदमै साह्रो बिमारीलाई घरमा गएर सिकाउँथे। यस्तो समस्या कम्ति भएपछि अस्पताल जान सुविधा हुन्छ।’’

हिजोआज योगाको विज्ञापन धेरै छ, जति जति मान्छे त्यति नै किसिमको योगा निस्केको छ। उनी भन्छिन्, ‘‘योगा हेर्नु हो भने अष्टाङ्ग योग छ, राज योग छ, हठ योग छ। म हठ योगा सिकाउँछु। हठ योगामा मेडिटेसन, शारीरिक व्यायाम, प्राणायाम सबै हुन्छ।’’ उनीसित योगा सिक्ने एक सयभन्दा बढ़ी छन्, जसमा १८ वर्षदेखि माथिकाहरू छन्। 78 वर्षकाले पनि सिकिरहेका छन्, ८०-८५ वर्ष पुगेकाले पनि गर्नसक्ने उनी बताउँछिन्। धेरै रोग निको पार्नमा योगा उपयोगी हुनसक्ने उनको भनाइ छ। योगा मात्र गरेर हुँदैन भन्ने कुरा पनि उनी राख्छिन्। उनी भन्छिन्, ‘‘यो संसारमा जति बिमारी छ, शारीरिक बिमारी पछि आउँछ- पहिला मानसिक रोग आउँछ। हामीले मानसिक स्थितिलाई दह्रो राख्यौं भने शारीरिक बिमारीसित लड़्नसक्छौं।’’

क्यान्सरको फर्स्ट, सेकेण्ड, थर्ड स्टेजमा रहेकाहरूलाई पनि उनी योगा थेरापी गराउँछिन्, अनि आत्मविश्‍वास बलियो गराउँछिन्। उनीकहाँ योगा सिक्न कोही बिमारी हुनाले, कोही आफूलाई सुगठित राख्न आउँछन्। गर्भाधानको समस्या समाधान गर्नमा पनि योगाले ठूलो सहयोग गर्छ भन्ने उनको भनाइ छ। थाइरोइडको समस्याले पाँच वर्षसम्म गर्भाधानको समस्या हुँदा योगाद्वारा थाइरोइड घटेपछि नानी जन्माउन सकेको उनी दाबी गर्छिन्।

सबै किसिमको बिमारीबाट बच्न योगा उपयुक्त रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘हिजोआज शारीरक रोग कम्ति छ, मानसिक रोग बढ़ी छ (पूर्णरुपले बौलाउनु होइन)। मानसिक रोग भनेको राम्रो सुत्न नसक्नु, डिप्रेसन हुनु, घरको समस्याले गर्दा, खानपानको असन्तुलन, नियमित व्यायाम नगर्दा, व्यस्त जीवनको कारण शरीरलाई ध्यान नदिँदा मानिस शारीरिक साथै मानसिक रुपले रोगिन्छ। योगाले शारीरिक साथै मानसिक रुपले स्वस्थ हुन्छ।’’

योगा वजन घटाउनमा असाध्यै उपयोगी हुने बताउँछिन्। वजन घटाउन योगासँगै खानापनलाई सन्तुलित राख्न उनी सुझाव दिन्छिन्। योगा गर्नको लागि कुनै निर्धारित उमेर छैन, जब एउटा नानी हिँड्न-बोल्न थाल्छ त्यति बेलादेखि नै योगाको लागि योग्य उमेर रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘18 वर्ष मुनिकाले गरेको झनै राम्रो हो, किनभने यो उमेरमा बालबालिकको मस्तिष्कको विकास हुन्छ, साथै बोल्ने क्षमतामा विकास हुन्छ। बालिका-किशोरीहरूले गर्नु झनै राम्रो हो। हिजोआज सानै उमेरमा महिनावारी चक्र शुरु हुन्छ। यस अवधिमा हुने पीड़ालाई योगाले कम गराउँछ। महिनावारी चक्रको असन्तुलनलाई पनि योगाले सुधार्नसक्छ।’’ १८ वर्ष मुनिकालाई योगा गर्न उनी सल्लाह दिन्छिन्।

हिजोआज बजारमा व्यक्तिको उचाइ बढ़्ने दाबी गरिएका थरीथरीका औषधीहरू देखिन्छन्, यसमा उनी भन्छिन्, ‘‘ती कुनै पनि औषधीले उचाइ बढ़्दैन। योगा गरे २३-२४ वर्षसम्म उचाइ बढ़्ने सम्भावना रहन्छ।’’ उनी आफ्नो जीवनमा योगालाई चमत्कार मान्छिन्। उनी सामाजिक सेवामा पनि सक्रिय छिन्। ६० वर्षदेखि माथिकालाई नि:शुल्क योग थेरापी गर्छिन्। ‘‘योग गुरु बन्नु, मेरो मानव सेवा हो’’, उनी भन्छिन्। योगा गर्न असम, कलकत्ता, बंगलोर, गान्तोकबाट पनि आउँछन्। ‘‘योगा भनेको शारीरिक व्यायाम, ध्यान, प्राणायाम हो। मानसिक रोग, शारीरिक समस्याहरूको समाधान यसमा छ’’, उनी भन्छिन्।

योगा गर्दा नियमित खानपानमा कुनै प्रतिबन्ध छैन, तर कुन खाना कसरी र कति बेला खानु त्यो उनको प्रशिक्षण शिविरमा सिकाइन्छ। मणिता शुद्ध शाकाहारी हुन, सूर्यास्त पछि खादिनँ। बिहान साढ़ेे चार बजे उठेर ध्यान, योग, प्राणायाम गर्छिन्। योग क्षेत्रमा करियरको मौका असाध्यै राम्रो रहेको उनी बताउँछिन्। क्यान्सरलाई पराजित गरि योग गुरु बनेकी डा0 मणिता प्रधान असन्तुलनमा परेका धेरैको जीवनमा प्रेरणाका स्रोत बनेकी छिन्।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ