रङ्भित्रको जीवन: हजुरबुवाको प्रेरणाले उदाएका कलाकार राजीव  

Authored By: सञ्जय निरौला, बिजनबारी  

Share this news

पहाड़की रानी दार्जीलिङ केवल प्राकृतिक सौन्दर्यले मात्र होइन, यहाँका सृजनशील मानिसहरूका कार्यले पनि चिनिन्छ। त्यहीँ सृजनशीलताबाट आफ्नो छुट्टै पहिचान बनाएका कलाकार हुन् राजीव मोथे-जसले मेहनत, लगनशीलता र आत्मविश्‍वास भए सफलता हासिल गर्न डिग्री अनिवार्य हुँदैन भन्ने प्रमाणित गरेका छन्।

चित्रकार राजीव मोथे।

राजीवले स्कूलमा पढ़्दा आफ्नै हजुरबुवाको प्रेरणाबाट चित्रकला शुरु गरेका हुन्। पहिला हजुरबुवाबाहेक कसैबाट प्रेरणा पाएका थिएनन्। तर उनले बनाएका चित्रहरूको खिल्ली उड़ाउनेहरूको कमी भने थिएन। तर चित्रकलाकै माध्यमले परिचय बनाउने दृढ़ संकल्प गरेका राजीवका लागि ती खिल्लीहरू ठूलै उर्जा र दह्रो आत्माबल बन्यो। चित्रकलामा उनको रुची देखेर हजुरबुवाले एक प्याकेट कलर किनिदिए। त्यसै कलरले नै जीवनमा पहिलोपटक उनले रंगीन चित्र बनाए। बिस्तारै पढ़ाइमा भन्दा चित्रकलामा रुची बढ़्न थाल्यो। सम्भावना कम देखिएको चित्रकलालाई आफ्नो जीवनसित जोड़ेे। अन्य विषयहरूमा खासै रुची देखाएनन्।

एकपटक रुखको निबन्धलाई पनि चित्रकै माध्यमबाट देखाउने कोशिश गरे। मुना-मदन खण्डकाव्य पढ़ाउने शिक्षकले पढ़ाउँदा त्यसको भाव होइन कसरी चित्रको माध्यमबाट मुना-मदन देखाउने सोचिरहन्थे। यसले गर्दा निक्कै हप्काइ पनि खाए, तर आफ्नो कलालाई कहिल्यै छोड़ेनन्। उनको कला दिनदिनै निखारिन थाल्यो। शुरूका दिनहरूलाई उनी सम्झिन्छन्, ‘‘चित्र बनाउँदा हजुरबुवाबाहेक कसैको प्रेरणा पाइनँ। तर कुनैदिन मलाई समाजले कसरी हेर्दैछन् भन्ने सोचिनँ। कसरी चित्रकलाको माध्यमबाट आफैलाई स्थापित गरौँ भन्ने मात्र सोचें।’’ उनी अझ भन्छन्, ‘‘त्यसताक भित्ते लेखनको चलन निक्कै थियो, समाजमा जनजागरणका लागि सन्देशमूलक चित्रहरू बनाइन्थ्यो। यसबाहेक चुनाव प्रचार वा कुनै परिचयात्मक चित्रहरू सबै भित्तामा पेन्टिङ गरेर नै लेखिन्थ्यो। त्यस् पेन्टिङले मलाई यतिसम्म तान्यो कि पेन्टिङ हेर्न मात्रै धेरै टाढ़ा टाढ़ासम्म हिड़ेर घण्टौंसम्म हेर्थे। एकपटक त झन केही सिकाईमाग्दा लखेट्यो पनि। तर मेरो इच्छाशक्ति कम भएन।’’

सन् २००० सम्म आइपुग्दा राजीव चित्रकलामा निक्कै निखारिए। त्यसपछि गाउँमै बिस्तारै काम शुरु गरेपछि बिजनबारी बजारमा सानो कोठा भाड़ामा लिएर व्यावसायिक रूपमा पेन्टिङको काम शुरु गरे। जहाँ वाहनहरूमा नामसँगै पेन्टिङलगायत विभिन्न पेन्टिङ सम्बन्धित कामहरू गर्नथाले। बिस्तारै उनलाई मानिसहरूले चिन्नथाले। दैनिक रूपमा कामहरू आउनथाले। तर कता कता चित्रकलालाई केही नयाँ गर्नुपर्छ भन्नेबारे उनी सोचिरहन्थे।

सन् २०१५ देखि उनले बिजनबारीको नियमित पसल छोड़े। धेरैले उनको निर्णयमा शंका गरे राजीव अब काम बिनाको हुनेछ भन्नेसम्मको प्रतिक्रिया आयो। यद्यपि उनी ढगमगाएनन्, बरु अझै नवीन प्रयोगको रुपमा थ्रीडी चित्रकला शुरु गरे। यसपछि मात्र थाहा पाए वास्तविक चित्रकलाको वर्णन। बिस्तारै उनको थ्री डी चित्रकलाले सफलता पाउन थाल्यो। मागहरू पनि बढ़न थाल्यो। त्यस बेलासम्ममा कैजले र बिजनबारीमै सीमित रहेको राजीवको चित्रकला देश-विदेशसम्म पुग्न थाल्यो। उनको चित्रकला पूर्वोत्तर भारतको विभिन्न राज्यहरूसँगै देशका विभिन्न भागहरू अनि छिमेकी राष्ट्र नेपालका व्यावसायिक केन्द्रहरूको भित्तामा देखिन थाल्यो। सिक्किमका पूर्व मुख्यमन्त्री पवनकुमार चामलिङको लगभग तीन लाख जनताअघिको चित्र  छ मिनेटमै बनाएर सबैलाई चकित पारे राजीवले। आफ्नो लगनशीलतालाई आफ्नो डिग्री मान्ने राजीवले चित्रकलाप्रति कुनै औपचारिक तालिम वा डिग्री लिएनन्। उनी भन्छन्, ‘‘व्यावहारिक कामको निम्ति कुनै ठोस डिग्री जरुरी छैन। जरुरत त केवल मेहनत लगनशीलता तथा अनुशासनको छ। म कुनैदिन डिग्रीलाई शिक्षाको माध्यम मान्दिन भनौं डिग्री नभएकाहरू केही गर्दैन भन्नु बेकार हो। काम गर्ने लगनशिलता देखाए सफलता आफै प्राप्त हुन्छ। कला, साहित्य र संगीतलाई समाजको दर्पण मान्ने राजीवका अनुसार, साहित्य केवल एक भाषामा सीमित रहने भएकाले यसलाई सबैभन्दा कान्छो मान्न सकिन्छ। संगीतले विश्‍वमा एकरूपता ल्याउनसके पनि त्यसका शब्द र गायन कुनै एक भाषा वा बोलीसँग जोड़िने भएकाले यसलाई माइलो स्थानमा राख्न सकिन्छ। तर चित्रकला भने भाषाको सीमाभन्दा पर रहेर सम्पूर्ण विश्‍वलाई प्रतिनिधित्व गर्न सक्षम हुन्छ। कुनै पनि भाषा नबोल्ने मानिसले पनि चित्रको माध्यमबाट सजिलै अर्थ बुझ्नसक्छ। त्यसैले उनी चित्रकलालाई सबैभन्दा जेठो मान्छन्। उनका अनुसार, चित्रकलाको कुनै सीमा हुँदैन, जहाँ आँखाको सहयोगले सम्पूर्ण कुरा स्पष्ट रूपमा बुझ्न सकिन्छ।

विभिन्न वस्तुहरूको सहयोगमा चित्र बनाउने राजीवले मचिसको सिन्का, चोया, बिड़ीको ठुटालगायतका वस्तुहरूबाट शुरूवातको दिनमा सिकेका हुन् भने हाल धागो र काँटी, बालुवा, सिमेन्टको कार्बो, थ्रीडी, पप आर्ट, इरोजनका भिन्नभिन्न चित्रकलाहरूमा आफ्नो ख्याति कमाएका छन्। जसमा सिक्किमका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ, पूर्व मुख्यमन्त्री पवनकुमार चामलिङ,  गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक सुवास घिसिङलगायत विभिन्न नेताहरूको चित्र बनाइसकेका छन्। चित्रकलामा निक्कै ठूलो सम्भावना देख्ने राजीव युवाहरूलाई आह्वान गर्दै भन्छन्, ‘‘यस क्षेत्रमा आउनुहोस् सम्भावना प्रश्स्तै छ। तर मेहनत, लगनशीलता र अनुशासन भने अवश्य पालन गर्नुपर्छ। यो क्षेत्रमा नाम तथा दाम दुवै छ, जसले जीवन राम्रोसँग बित्छ।’’

आफ्नो कलालाई हरेर आधा दर्जनभन्दा बढ़ी युवाहरूले यो क्षेत्र रोजेको बताउँछन्। आफूले रोजेको क्षेत्रमा सम्बन्धित निकायहरूले खासै चासो नदेखाएको उनको गुनासो छ। उनका अनुसार, यस क्षेत्रत्रमा आउनेहरूका लागि निम्ति वर्षमा विभिन्न कार्यशालाहरू आयोजना हुनुपर्छ।

पहाड़को सानो कुनाबाट शुरू भएको राजीव मोथेको यात्रा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। साधारण कलर पेन्सिलबाट शुरू भएको उनको सपना आज रंगीन यथार्थमा परिणत भएको छ। उनले देखाएका छन्- यदि लक्ष्य स्पष्ट छ र मेहनत निरन्तर छ भने सीमित साधनले पनि असिमित सम्भावना जन्माउनसक्छ। आज उनी केवल एक कलाकार मात्र होइनन्, आत्मविश्‍वास र लगनशीलताको जिउँदो उदाहरण हुन्, जसले हरेक युवालाई आफ्नो सपना पछ्याउन हौसला दिन्छ।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ