A branch of GWO was formed at Nirpani in the Terai
A branch of GWO was formed at Nirpani in the Terai

तराईको निरपानीमा जीएनडब्ल्युओको शाखा गरियो गठन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तराई समष्टि अन्तर्गत निरपानी शाखामा गोर्खा राष्ट्रिय नारी संगठन (जीएनडब्ल्युओ) गठन गरिएको छ। स्थानीय आदर्श विद्यालय प्राङ्गणमा आइतबार श्रीमती सितादेवी शर्माको सभाध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिमा सभापति श्रीमती नर्वदा शर्मा, उपसभापति श्रीमती मेनका शाह, सचिव श्रीमती तारा दर्जी, सहसचिव श्रीमती तारा क्षेत्री तथा कोषाध्यक्ष श्रीमती माया सुब्बा चयन भएका छन्।

सल्लाहकार सदस्यका रूपमा रेनुका शर्मा, लक्ष्मी शर्मा, सपना छेत्री र शुभद्रा शर्मा चयन भएका छन्। कार्यकारिणी सदस्यहरूमा कान्ता छेत्री, चन्द्रकला लामा, पेमा तामाङ, मुना छेत्री, पुर्णकला सुब्बा, सोनु छेत्री, सिता बस्नेत, तारा राई, सोमा रेग्मी, देवमाया छेत्री, मनिषा भण्डारी, अञ्जली छेत्री, सृजना दर्जी र शारदा लामा चयन भएका छन्।

सभालाई सम्बोधन गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कमिटीका सदस्य भुवानी प्रसाद दुलालले गोर्खा जातिको राजनीतिक उन्मुक्तिका लागि गोरामुमोले निरन्तर संघर्ष गर्दै आएको बताए। उनले भारत सरकारले गोर्खा जातिको मुद्दालाई सकारात्मक रूपमा अघि बढाउन इन्टरलोकेटर नियुक्ति गरेको उल्लेख गर्दै पार्टीले शाखा तहदेखि नारी संगठनको पुनरुत्थान अभियान तीब्र बनाएको जनाए।

कार्यक्रममा गोरामुमो केन्द्रीय कमिटी सदस्य भुवानी प्रसाद दुलाल, निरपानी शाखा अध्यक्ष काजी शर्मा, मिरिक पञ्चायत समिति वन तथा भूमि कर्माध्यक्ष ज्ञाने लामा, सीपीजीपी पञ्चायत सदस्य सपना छेत्री, गोर्खा राष्ट्रिय युवा मोर्चा निरपानी शाखा अध्यक्ष टंकराम चापागाईं, तराई समष्टि सदस्य रामु शर्मा लगायतको उपस्थिति रहेको थियो। उक्त जानकारी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा निरपानी शाखा अध्यक्ष काजी शर्माले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ