एसबीएद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर सञ्चालन हुँदै

Share this news

सोरेङ जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मंसारी मगरजोङ ग्राम पञ्चायत एकाइमा अवस्थित कटरे जुनियर हाई स्कुल परिसरमा सोरेङ बक्सिङ्ग एसोसिएसनद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर आयोजना गरिएको छ। ग्रामीण क्षेत्रका नानीहरूलाई खेलकुदमा दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको छ। शिविरमा सहभागी नानीहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले विशेष पहलस्वरूप प्रोटिनयुक्त खाद्य सामग्री उपलब्ध गराएका छन्। उक्त सामग्री मलबाँसे बुदाङ जिल्ला पञ्चायत टेरिटोरियल अन्तर्गतका जिल्ला पञ्चायत सदस्य टिकाराम क्षेत्रीले खारपानीस्थित बक्सिङ क्याम्प स्थलमा उपस्थित भई मुख्यमन्त्रीको तर्फबाट औपचारिक रूपमा सहभागी नानीहरूलाई हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा बोल्दै स्थानीय प्रतिनिधिहरूले मुख्यमन्त्री तामङको यस प्रकारको सहयोगले ग्रामीण क्षेत्रका बालबालिकामा खेलकूदप्रतिको रुचि बढ्नुका साथै उनीहरूको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसै सन्दर्भमा सोरेङ बक्सिङ्ग एसोसिएसनका महासचिव पारुहाङ सुब्बाले मंसारी मगरजोङ ग्राम पञ्चायत एकाइको खारपाने कटरे क्षेत्रमा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर आयोजना गर्न क्षेत्र विधायक आदित्य गोलेको विशेष पहल, मार्गदर्शन र निरन्तर सहयोगले सम्भव भएको जानकारी दिए। उनले शिविर सफलतापूर्वक सञ्चालन हुनुमा विधायकको ठूलो योगदान र सक्रिय भूमिका रहेको स्पष्ट पार्दै, सोरेङ बक्सिङ्ग एसोसिएसनको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

ग्रामीण क्षेत्रमा खेलकूद पूर्वाधारको विकास र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रकारको प्रशिक्षण शिविरले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दा, अभिभावक तथा खेलप्रेमीहरूले यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएको सोरेङबाट भवानी पोखरेलद्वारा जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ