भाटभटेनीमा १० हजार कर्मचारी आवद्ध छन्। जेन जी प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। यद्यपि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोर प्रबन्धन पक्षले जनाएको छ। हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको प्रबन्धन पक्षले जनाएको छ।
