दार्जीलिङ जिल्ला अन्तर्गत तराईको भारत-नेपाल सीमाको पानीट्याङ्की-काकरभिट्टा नाका अब खुकुलो पारिएको छ। मानिसहरु सामान्यरुपमा आवतजावत गर्न थालेका छन्। जेन जी आन्दोलनको समयमा जेलबाट कैदीहरू भागेको घटनालाई ध्यानमा राखेर उक्त नाकामा खुबै कडाकडी गरिएको थियो। जुन अहिले सामान्य गरिएको छ।
