आज कालेबुङ्गको डेलो पार्कमा नेपाली संगीतका महान् गायक सङ्गीतकार गोपाल योञ्जनको प्रतिमाको अनावरण कालेबुङ्गका विधायक रुदेन सादा लेप्चाले गरे। यो प्रतिमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) र गोपाल योञ्जन प्रतिष्ठान समिति, दार्जीलिङ्ग तथा कालेबुङ्गको सहयोगमा राखिएको हो। प्रतिमाको अनावरण कार्यक्रममा विभिन्न संघ–संगठनको उपस्थिति रहेको थियो। यसक्रममा गोपाल योञ्जन प्रतिष्ठान दार्जीलिङ्गका अध्यक्ष मित्र लामा र कालेबुङ्गका महासचिव संजय प्रसादले पत्रकारहरूसँग कुरा गर्दै यस अभियानको महत्वबारे जानकारी दिए। यस अवसरमा गोपाल योञ्जन प्रतिष्ठान समिति, कालेबुङ्गको पदाधिकारीहरू अध्यक्ष मदन सुधन लामा, उपाध्यक्ष साहिर अहमद, कोषाध्यक्ष रोशन न्यौपाने, कार्यकारी सदस्यहरू आनन्द लामाछाने, बीरेन कालिकोटे, श्रीमती डोल्मा तामाङ, श्रीमती सहारा छेत्रीलाई सार्वजनिक रूपमा परिचय गराइयो। प्रतिमाको अनावरण कार्यक्रमपछि कालेबुङ्ग रामकृष्ण भवनमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
डेलो पार्कमा गरियो गोपाल योञ्जनको प्रतिमाको अनावरण
- Post author:admin
- Post published:September 18, 2025
- Post category:देश
- Post comments:0 Comments
Tags: Kalimpong