भारत नेपाल सीमा ओकेटी चियाकमान आठ माइलदेखि खड्कासम्म पुगेकाे सडक मरमतीकाे लागि वर्क अर्डर भएपनि हालसम्म सडक मरमती नभएकाे स्थानीय मानिसहरूले गुनासाे गर्दै शीघ्र सडक मरमती गरिदिने माग गरेका छन। स्थानीय राजू बम्जन अनि प्रितम तामाङले उक्त सडक मरमतीकाेलागि टेण्डर भएर जनवरी महिनामा नै वर्क अर्डर निस्किएकाे तर सडक मरमती भने हालसम्म हुन नसकेकाेले यातायातमा स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेकाे बताएका छन्। द्वयले याे सडक ओकेटीकाे जीवन रेखा नै मानिन्छ भन्दै उक्त सडकमा अलकत्रा उप्किएकाे,ढुङ्गाकाे साेलिङ्ग उप्किएर खाल्टा परेकाे अनि नालाहरू अब्यवस्थित रहेकाे कारण सडकमा ओहाेर दाेहाेर गर्ने विद्यार्थी, चिया श्रमिक, बिमारी, व्यापारी लगायत स्थानीय मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेकाे बताएका छन्। द्वयले सडक शीघ्र मरमती नभए यहाँ सडक दुर्घटना हुने प्रबल सम्भावना रहेकाे जानकारी गराउँदै वर्क अर्डर भएर पनि सडककाे मरमती नहुनु उदेककाे कुराे रहेकाे बताएका छन्।