Minister to increase the salary

सिन्कोना श्रमिकहरूको तलब बढाउन मन्त्रीसङ्ग भेटघाट

Share this news

जीटीए मुख्य कार्यपाल अनित थापाको नेतृत्वमा गएको टोलीले आज श्रम मन्त्री मलय घटकसङ्ग उनको वासस्थानमा भेटघाट गरेको छ। जसमा मन्त्री घटकलाई सिन्कोना र अन्य औषधिजन्य पौधा निर्देशकालयका श्रमिकहरूसँग सम्बन्धित केही महत्त्वपूर्ण सातसूत्री मुद्दाहरू पेश गरेको छ। जसमा मुख्य रुपले उनको श्रम मन्त्रालयको
निर्देशलय अन्तर्गत 5350 जना श्रमिक नियमित रूपमा कार्यरत छन्। तथापि, विगत 13 वर्षदेखि उनीहरूको आधारभूत तलबमा कुनै परिवर्तन भएको छैन। तलब दुई खण्डमा विभाजित छ: आधारभूत ज्याला र महँगी भत्ता (DA) बढाउन पर्ने रहेको छ।
जीटीए र निर्देशलयबाट सन् 2017, 2021 र 2023 मा पटकपटक तलब वृद्धिको माग गर्दै राज्य सरकारसम्म पत्राचार गरिएको छ। तर अहिलेसम्म राज्य सरकारबाट कुनै सकारात्मक निर्णय भएको छैन। श्रमिकहरूको अहिलेको दैनिक ज्याला ( Daily Wage) मात्र रु. 232 रहेको छ, जुन बढ्दो महँगी र जीवनयापन खर्चको तुलनामा निकै कम छ। पछिल्लो पटक आधारभूत ज्याला सन् 2012 मा मात्र बढाइएको थियो र त्यसपछि केही सानो भत्ता मात्र थपिएको छ। यस्तो दीर्घकालीन तलब स्थिरताको कारण श्रमिकहरू र उनीहरूका परिवारहरूले गम्भीर आर्थिक समस्याहरू भोगिरहेका छन्।
सिन्कोना बगान श्रमिक यूनियनले पनि लगातार तलब वृद्धिको माग गर्दै आइरहेको छ। टोलीले श्रमिक यूनियनले दिएको मागको प्रतिलिपि पनि मन्त्रीलाई पेश गगरेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ