मैलाहरु आफ्नै घरमा भेला पारेर राखिदिने अनुरोध

Share this news

खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने शहरदेखि 7 किलोमिटर टाढा रहेको चाइना ओजी (सुन्तला पाखा) जाने रोड पानी झरीले धेरै भत्काएको छ। यस्तो कारणले मैला फ्याँक्न धेरै असुविधा भइरहेको जानकारी प्राप्त भएको छ।‌ खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने ठाउँ जाने रोडको निरीक्षण खरसाङ नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र कार्यकारी अधिकारी कैलाश प्रसाद र एसएइको टोलीले गरेको छ। उक्त रोडको अवस्थाको निरीक्षण गरेपछि खरसाङ नगरपालिकाको तर्फबाट भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिकाको मैलाहरु फ्याँक्ने ठाउँ जाने रोड पानी झरीले भत्काएको र केही दिनको लागि मैलाहरु फ्याँक्न नसकिने बताए। उनले बाटोमा बालुवा र बाटोको अवस्थालाई ध्यानमा राखेर खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु केही दिनको लागि आफ्नै घरमा भेला पारेर राखिदिने अनुरोध गरेका छन्। उनले खरसाङ बजारको व्यवसायीहरु, दोकानेहरु र स्थानीयहरुलाई अनुरोध गर्दै केही दिनको लागि आफ्नै घरमा मैलाहरु संकलन गरिदिने आह्वान् गरेका छन्। भाइस चेयरम्यान सुवास प्रधानले मैला फ्याँक्ने ठाउँ जाने रोडको मरमत्तिको कार्य चाँढै भएपछि मैलाहरु फ्याँक्न शुरु गरिने बताए। यसको साथै यो रोडको मरमत्तिको लागि खरसाङ नगरपालिकाको ठेकेदार संगठनलाई जानकारी गराइएको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न