quiz competition
quiz competition

अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभागको विशेष आयोजनामा सुके पोखरी क्षेत्रका प्राथमिक पाठशालाका विद्यार्थीहरुलाई लिएर आज दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ। दीप प्रज्जवलनबाट आरम्भ गरिएको यस कार्यक्रमको अध्यक्ष १५ नम्बर समष्टिका भारप्राप्त सभासद नोबल बम्जनले गरेका थिए भने प्रमुख एवं विशिष्ट अतिथिहरुमा क्रमैले सभासद एवं जीटीए सभाध्यक्ष अञ्जुल चौहान, भारप्राप सभासद् राजेश चौहान, सभासद् उदय देवान, ज्योतिकुमार राईलगायत अन्यान्यको उपस्थिति रहेको थियो। कार्यक्रममा धजे टी. ई. प्राथमिक पाठशाला, पेम्बुङ डिभिजन प्राथमिक पाठशाला, मझुवा / टिफिन डाँडा प्राथमिक पाठशाला, युवा संघ प्राथमिक पाठशाला, एभनग्रोप प्राथमिक पाठशाला, आर. सी. मिशन निम्न बुनियादी पाठशालाका विद्यालयहरुले अंश ग्रहण गरेका थिए। शिक्षक शरण थुलुङ अनि अलुङ तामाङले संयुक्त रुपमा सञ्चालन गरेको यस कार्यक्रममा भारप्राप्त सभासदहरु क्रमैले उदय देवन, राजेश चौहान, अञ्जुल चौहान, भूपेन्द्र बोम्जन आदिले सम्बोधन गरेका थिए। प्रतियोगितामा धजे चियाबारी प्राथमिक पाठशाला प्रथम, एभनग्रोभ चियाबारी प्राथमिक पाठशाला दोस्त्रो, अनि युवक संघ प्राथमिक पाठशाला तेस्त्रो ओकट्न सक्षम बने। आउदो 14 नोभेम्बर बाल दिवसको अवसरमा गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनको आयोजनामा सुकुनामा हुने अन्तिम चरणको प्रश्नोत्तरी प्रतियोगितामा पहिलो, दोस्त्रो , तेस्रो अनि चौथो बनेका पाठशालाका विद्यार्थीहरुबाट छनौट चार विद्यार्थीहरु क्रमैले योग्य सुब्बा धजे चियाबारी प्राथमिक पाठशाला, अनुशिया ठकुरी , एभनग्रोभ चियाबारी प्राथमिक पाठशाला, एम°डी° अयन , युवक संघ प्राथमिक पाठशाला, अनि जोशेप जोगी ,टिफिन डाडा प्राथमिक पाठशालाले भाग लिन पाउने घोषित भएको छ। यसबारे जीटीए प्राथमिक पाठशाला शिक्षा विभाग, सुकेपोखरी क्षेत्रीय स्तरीय स्कूल इन्स्पेक्टर लेजिमा ठकुरीले थप जानकारी गराएकी छिन्।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ