"Byuunjh Hai Byuunjh Gorkhali"
"Byuunjh Hai Byuunjh Gorkhali"

“ब्युउँझ है ब्युउँझ गोर्खाली” नामक गीतको भीडीओ सार्वजनिक

Share this news

“जाग है जाग हिमाली काँधमा हिमाल उचाली, डाक्दछ तिमीलाई चियाबारी ब्युउँझ है ब्युउँझ गोर्खाली” नामक गीतको भीडीओ शनिबार भव्य समारोहबीच सार्वजनिक गरिएको थियो। रमाकान्त गुप्तद्वारा लिखित, जीवन अधिकारीद्वारा सङ्गीतवद्ध उक्त गीतका मुख्य गायक उत्तम अधिकारी हुन् भने कोरसमा साथ दिएका छन् भानु रामुदामु, जोएल राई, चन्द्रकला विश्वकर्म, रोशनी शर्मा, कल्पना बराइली अनि मुस्कान बीकेले। यसको छायांकन श्रेया तामाङले गरेकी छिन्। दार्जीलिङको तकभर चियाबारीमा जन्मेका जीवन-उत्तम अधिकारी हालमा सिलगढी क्षेत्रमा रही सङ्गीतकला र सामाजिक कार्यमा संलग्न रहेका छन्। सामुएल सामु राईद्वारा संगीत संयोजन गरिएको गीतको भीडीओ सार्वजनिक समारोहको अध्यक्षता डा. मोहन प्रसाद दाहलद्वारा गरिएको थियो। चेतनशील सङ्घर्षरत जमान, बागडोगरा अनि जेयु अधिकारी डिजिटलको संयुक्त तत्वावधानमा गान्धी स्मारक उच्च माध्यामिक विद्यालय भवनमा आयोजन गरिएको थियो। समारोहकी प्रमुख अतिथिका रुपमा विशिष्ट गायिका श्रीमती रिमला मोक्तान, विशिष्ट अतिथिहरू साहित्यकार औ गीतकार रमाकान्त गुप्त, कवि औ गीतकार रतन बोम्जन, क्याप्टन मन बहादुर राई, कारगील ययुद्धका वीर चक्र क्याप्टन ज्ञानेन्द्र राई, तबला वादक संगीतकार गोपाल गजमेर, चलचित्र निर्माता औ निर्देशक बिनोद विष्ट, संगीतकार नबीर रसाइली, गायक आलोक गौतम र अन्यान्यको उपस्थिति रहेको थियो। बहु प्रतिभाका धनी शिक्षक वसन्त थापाको रमाइलो बहुप्रति उदघोषणाले कार्यक्रमलाई रोमाञ्चित पारेका थियो। शिक्षक अभिषेक क्षेत्रीको ओजस्वी स्वागत भाषणपछि प्रमुख अतिथिको बाहुलीबाट भीडीओको सार्वजनिक गरिएको थियो।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

आजको रोजाइ