छुट्टै राज्यको मागमा 20 सेप्टेम्बरमा शान्तिपूर्ण प्रदर्शन गरिने

Share this news

“पहाडको भावी राजनीतिक परिदृश्य”, पश्चिम बंगालबाट संवैधानिक रूपमा अलग हुने सम्भावित विकल्पहरू, केन्द्रीय शासित प्रदेश, छैठौं अनुसूची, पाँचौं अनुसूची, वा सिक्किममा विलय लगायतका विषयहरूमाथि आइतबार एउटा बैठक गरी छलफल गरिएको थियोे। गोर्खा दुःख निवारक भवनमा बसेको बैठकको अध्यक्षता डा. हर्क बहादुर क्षेत्रीले गरेका थिए। जसमा गोर्खा स्वतन्त्र सेनानी (दार्जीलिङ, कालेबुङ, सिक्किम), बिलय मञ्च, जाप लगायत विभिन्न पहाडी संगठनहरूको सहभागिता रहेको थियो। मिथिलेश बराइलीद्वारा सञ्चालित बैठकमा सुबास मणि सिंह, प्रभाकर देवान, देश भक्त सुब्बा, बिक्रमादि राईलगायत डा. हर्क बहादुर क्षेत्रीले आ-आफ्नो विचार पोखेका थिए। बैठकले 20 सेप्टेम्बर २०२५ मा सबै सहभागी संगठनहरूले कालेबुङको डम्बर चौकमा एक शान्तिपूर्ण प्रदर्शन गर्नेछन्। पश्चिम बंगालबाट छुट्टै राज्यको मागमा हरेक संगठनले आफ्ना विशिष्ट मागहरू झल्काउने प्लाकार्डहरू बोकेर आउने, तर सबैलाई जोड्ने साझा नारा हुने निर्णय गरियो।v


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न