Drama "Dangkuti Dankuti Dangdang"
Drama "Dangkuti Dankuti Dangdang"

नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” सफलतापूर्वक मञ्चित

Share this news

सिलगढीको दीनवन्धु मञ्चमा “कानेखुशी”को नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” बुधबार साँझ सफलतापूर्वक मञ्चित गरिएको थियोे। विशिष्ट हास्य-व्यङ्ग्य साहित्यकार कृष्ण प्रधानद्वारा लिखित, समाजसेवी, लेखक र अभिनेता कृष्ण बस्नेतद्वारा निर्देशित अनि समाजसेवी र अभिनेता कृष्ण गुरूङले मुख्य भूमिका निभाएको उक्त नाटक हेर्न धेरै दर्शकहरूको उपस्थिति रहेको थियोे। उक्त नाटकमा कृष्ण गुरूङले धोधोम्बे झाँक्रीको भूमिका निभाएका छन् भने अन्य कालकारहरू भूषण दाहाल- लठीबज्रे, डा. लक्ष्मी देवान- गमशफूल, (लठीबज्रेकी आमा), भिम शर्मा- डुकुलण्ठक, (गमशफूलका श्रीमान वा लठीबज्रेका बुवा), अशोक खवास-धोम्बे वा (झाङ्कीको सहायक), अमित सुब्बा- हाम्पी (लठिबज्रेकी साथी), अनुशा राई- म्याउँची (च्याउँकीकी आमा), आरना छेत्री- च्याउँकी (बाल कलाकार), मणि शर्मा-कमाण्डेण्ट, नोरा चार्ल्स- डीएसपी, भाष्कर मैनाली शर्मा- आइसी अनि सुरेन लामा- (सर) रहेका थिए। उक्त नाटकमा पार्श्व सङ्गीत युजेन लामाले दिएका थिए। सिलगढी नाट्य उत्सव अन्तर्गत नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” मञ्चित गरिएको थियो।
स्मरण रहोस् 3 फरवरी 2019 मा पृष्ठभूमि कला संस्थानको नाटक “गलती कसको ?” मञ्चन गरिएको थियो। जसको लेखक राजु सशाङ्कर अनि निर्देशक कृष्ण गुरूङ रहेका थिए। उक्त नाटक मञ्चनको 6 वर्षपछि “कानेखुशी”को नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” मञ्चित गरिएको थियो।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ