81st Aruna Lama
81st Aruna Lama

नव सांस्कृतिक संस्थानद्वारा ८१ ओैं अरुणा लामा जयन्ती पालन

Share this news

नव सांस्कृतिक संस्थान लाटपञ्चरले ८१ ओैं अरुणा लामा जयन्ती एवं नव सांस्कृतिक अभियानको सामयिक पत्रिका लिस्नुको स्वर्ण जयन्ती अंकको विमोचन गरेको थियो। अरुणा लामाको जन्मजयन्ती ९ सेप्टेम्बर भएपनि कतिपय कारणवश नव सांस्कृतिक संस्थानले आज पालन गर्यो। शिशिर कुमार प्रधान अध्यक्ष रहेको उक्त समारोहमा संगीत संयोजक आनन्द राई प्रमुख अतिथि अनि सिटोङ लाट समष्टि सभासद प्रतिनिधि रतन गुरुङ, तोर्योक मामरिङ उमाविका प्रधान अध्यायपक किरण लामा विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। सर्वप्रथम स्वर साम्राज्ञी अरुणा लामाको सालिगमा दिपप्रज्वलन अतिथिगणहरुद्वारा माल्या अर्पण गरेपश्चात कार्यक्रम शुभारम्भ भएको थियोे । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु मीरा खवास, देविका पाख्रिन, जीटीए समष्टि आइडल कल्याण थापा, रतन गुरुङ, हिरालाल रनपहेली, गणेश गुरुङ, शेखर चामलिङ, आदिले गीत प्रस्तुत गरेका थिए भने माउन्ट जायन मिशन स्कूल, कनर्र स्टोन के०एन० मेमोरियल एकाडेमीका विधार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।
यसै अवसरमा नव सांस्कृतिक अभियान लाटपञ्चरको समसामयिक साहित्यिक पत्रिका लिस्नुको चोथौ अंकको रुपमा स्वर्ण अंकको पनि विधिवत् रुपमा लोकार्पण गरिएको थियोे। यसवारेमा सम्पादक डिकु मुखियाले आजभन्दा ५० वर्षअघि १९७४ सालमा किशोर चामलिङ, कुमारभाई पौड्याल, नीम गुरुङ र कालुसिंंह रनपहेंली चार रत्नहरुद्वारा शुरु गरिएको लिस्नुको ५० वर्षको स्वर्ण अंकसम्मको छोटोमिठो सारगर्भित स्मरणीय कुराहरु उल्लेख गरेका थिए। साहित्य र संगीत दुई विधाको समागम कार्यक्रमलाई प्रमुख अतिथि आनन्द राईले सम्बोधन गर्दै स्वर सम्राज्ञी अरुणा लामाको सांगीतिक यात्रा उनको योगदान आदि वारेमा विस्तृत जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ