Second Inter-Primary
Second Inter-Primary

दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता आयोजित

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभाग मिरिक क्षेत्र समितिको तत्परतामा गाेपाल याेन्जन प्रेक्षागृह, मिरिक रङ्गशालामा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता आयोजन गरियो। यस अवसरमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका सभासद एंव डेपुटी चेयरम्यान राजेस चाैव्हान, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गाेले, पन्चायत समिति सदस्य समीर राई, पन्चायत समिति शिक्षा विभागका कर्माध्यक्ष मन्दीप तामाङ, मिरिक क्षेत्र समितिका एआइ सृष्टि गाेम्देन, जीटीए विभाग र दार्जीलिङ सर्कलका एआइहरू, जिल्ला बाेर्ड सदस्य मुन्ना पाख्रिन, प्रेम तामाङ, किरण बरदेवा, शङ्कर लामा, शान्ता तामाङ, अशाेक प्रधान, संजय स्याङबाे, हिल–तराई प्राथमिक शिक्षक संगठनका अध्यक्ष निरज राई, सचिव रिखीचरण खातीलगायत विभिन्न प्राथमिक पाठशालाका शिक्षक शिक्षिका आदि उपस्थित थिए। मिरिक क्षेत्रका तीनवटा युनिटलाई लिएर गरिएकाे उक्त प्रश्नाेत्तर प्रतियोगितामा पहिलाे अनि दाेस्राे साैरेनी युनिटका विध्यार्थीहरू अनि तेस्राे मिरिक युनिटका विद्यार्थीहरू भए। बिजय प्रतियाेगीहरूलाई कार्यक्रमका अतिथिहरूकाे बाहुलीबाट पुरस्कार वितरण गरियाे।रितेस गुप्तले संचालन गरेकाे कार्यक्रममा बाेल्दै गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका सभासद एवं डेपुटी चेयरम्यान राजेस चाैव्हानले प्राथमिक पाठशालामा अध्यनरत विद्यार्थीहरूकाे दक्षता विकासकाे लागि जीटीए शिक्षा विभागले गतवर्षदेखि प्रश्नाेत्तर प्रतियोगिताकाे शुरू गरेकाे जसकाे सकरात्मक परिणाम अघि आइरहेकाे बताए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ