dream come true

सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने

Share this news

भारतीय महिला फूटबल दललाई २३ बर्षपछि एशिया कपकाे लागि चयन गराउन सफल भारतीय फुटबल सिनियर महिला टोलीका हेड कोच क्रिस्पिन छेत्री बुधबार मिरिक लुविस अंग्रेजी स्कूल आइपुगे। जहाँ उनलाई भब्य स्वागत गरियाे। उक्त स्कूलमा यस अवसरमा एउटा कार्यक्रम पनि आयाेजना गरियाे। जसमा स्कूलका निर्देशक लियाेनार्ड सुब्बा, प्राचार्य नाेयल छेत्री, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, जीटीए खेलकूद परिषदका सदस्य समीर राई, मिरिक स्पाेर्टर्स एशाेसिएशनका केसाङ लामा, ऋषि याेन्जन लगायत विभिन्न स्कूलका प्रचार्य शिक्षक शिक्षिका एवं विद्यार्थीहरूकाे उपस्थिति रहेको थियो। यस अवसरमा काेच क्रिस्पिन छेत्रीलाई उक्त स्कूले सम्मान पत्र अनि उपहार प्रदान गरेर सम्मान जनायाे भने एशिया कपकाे लागि चयन भएकाेमा इण्डिन फुटबल दललाई वधाइ पनि दियो। साेही अवसरमा ग्रेस फुटबल एकाडमीद्वरा पनि काेच क्रिस्पिन छेत्रीलाई स्मृति चिन्ह प्रदान गरेर वधाइ अनि सम्मान जनायाे। लुविस स्कूलका शिक्षिका नितु गुरूङले संचालन गरेकाे कार्यक्रममा अतिथिहरूलाई स्वागत जनाएपछि विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरे। यस अवसरमा बाेल्दै कोच क्रिस्पिन छेत्रीले मिरिक लुविस स्कूलकाे महिला फुटबल दलकाे स्थापना भएकाे घाेषणा गरे। उक्त दललाई फुटबल पनि प्रदान गरे। तिनले फुटबल खेलाडीहरूलाई दृढ संकल्प लिएर सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न