हिल प्लान्टेसन इम्प्लोइज युनियन लङभ्यू युनिटले 20% बोनस आगामी 10 सितम्बर भित्र दिइनु पर्ने मागमा प्रबन्धकलाई पत्राचार गरेको युनियन सचिव तनुजा लामाले जनाएकी छन्। गत 22 अगस्ट 2025 को दिन राज्य सरकारले एडभाइजरी नोटिस जारी गरेर यस वर्षको बोनस 20%को दरले दिइनु पर्ने घोषणा गरेको थियो। तर लङभ्यू चिया बगानको मालिकले केवल 10%को दरले किस्ती किस्तीमा बोसन दिने पत्र सार्वजानिक गरेपछि बगानका श्रमिकहरूले यसको विरोध गरिरहेका छन्। यसैले 20% बोनस आगामी 10 सितम्बर भित्र दिइनु पर्ने मागमा प्रबन्धकलाई पत्राचार गरेको लामाले जनाएकी छन्।
