आज मङपु जनमैदानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाचौं स्थापना दिवस पार्टी अध्यक्ष अनित थापाले केक काटेर शुरु गरे। कार्यक्रमको शुरुमा लाब्दा-मङपू समष्टि सभासद रतन थापाले स्वागत सम्भाषण राखे। बिज्ञान मिश्र, अनित खाती अनि बिभोर सिङदनले संचालन गरेको समारोहमा पार्टीका महासचिव अमर लामाले पार्टीले चार साल भित्र गरेको कृया कलापहरु प्रस्तुत गरे। युवा शक्तिका सचिव सदीप प्रधानले यो पार्टीले युवाहरूलाई सटीक मार्गदर्श गरिरहेको बताए।
भागोप्रमोको पाचौं स्थापना दिवस भव्यरुपमा पालन
- Post author:admin
- Post published:September 9, 2025
- Post category:राजनीति
- Post comments:0 Comments
Tags: मङपु