बहुउद्देश्यीय नेपाली अकादमी भवन निर्माण मार्च 2026 भित्र पूर्ण हुने लक्ष्य

Share this news

जीटीए मुख्य कार्यपाल अनित थापाले नेपाली भाषा दिवस समारोहमा पनि नेपाली अकादमी स्थापना गर्ने कुराको घोषणा गरेको थिए। यसलाई टेवा दिंदै उनले नेपाली अकादमी भवन निर्माण कार्यको स्थलगत भ्रमण गरे। निर्माण कार्यलाई आगामी मार्च 2026 भित्र पूर्ण गर्ने लक्ष्य राखेर अधुरो निर्माण कार्यलाई निरन्तरता दिनेउनले बताए। निर्माण कार्य जुन रफ्तारमा चल्नु पर्ने थियो त्यसरी चलेको छैन। आज इन्जिनियर्स, आर्किटेक्टहरूसँग बसेर भवन निर्माण माथि मूल्याङ्कन गरेको थापाले बताए।
जीटीए सम्झौतामा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्दनका लागि नेपाली अकादमी स्थापना गर्ने व्यवस्था छ। त्यसै सम्झौताको आधारमा केही वर्ष पूर्व अकादमी भवन निर्माण कार्यको सुरुवात भएको थियो। दार्जीलिङ्ग हिल कार्ट रोड स्थित पुरानो गोयनका स्कूल परिसरमा नेपाली अकादमी भवनको निर्माण भइरहेको उनले बताए। जीटीए प्रमुखले अमर लामा, अनोस थापा अनि विजय कुमार राईलाई भवनमा चाहिने बुनियादी कुराहरूको सूची तयार गर्ने साथै अन्य कार्यको अभिभारा सुम्पेका छन्। भवन निर्माण भएर मात्र नेपाली अकादमीको स्थापना हुँदैन। यसको निम्ति अकादमी स्थापना हुनु अनिवार्य रहेको बताएका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न