सोम-तकभर समष्टि अन्तर्गत सोम क्षेत्रबाट, मंग्पु लाब्दा समष्टि अन्तर्गत मंग्पुबाट,चुङथुङ मेरीबुङ तामसाङ समष्टिबाट साथै सुके-मानेभञ्ज्याङ समष्टिबाट बृहत रुपमा आइजीजेएफ कार्यालय पी कोठीमा आयोजित कार्यक्रममा अन्य राजनीतिक दल छोड़ेर उक्त पार्टीमा समावेश भए। आइजीजेएफको भिजन, जातिप्रतिको सोच अनि भावनालाई मनबाटै स्वीकार गरेर अन्य दललाई त्याग गरेर जाति अनि आफ्नो ठाउँको निम्ति अजय एडवर्ड्सको हात बलियो बनाउन समावेश भएको समर्थकहरु बताउँछन्। उक्त समर्थन कार्यक्रममा विशेष पार्टी प्रमुख संयोजक अजय एडवर्ड्सको उपस्थित संगसंगै सी डब्लु सी सदस्यहरुको उपस्थिति रहेको थियो भने समर्थकहरुले पार्टी प्रमुख एडवर्ड्सको हातबाट झण्डा ग्रहण गरे। दैनिक रुपमा आइजीजेएफ परिवारलाई अप्नाई जन साधारणले यो पार्टीलाई बलियो बनाइरहेको छ। जनताको चाहाना नै हालको विकल्प पार्टी आइजीजेएफ बनेको छ साथै एडवर्ड्सको निःस्वार्थ नेतृत्वलाई नै चिनेर हृदयदेखि अप्नाएको आइजीजेएफले दावि गरेको छ।
