हाम्रो गाउँ हाम्रो समाधान विषयलाई लिएर खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा सभा सम्पन्न भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालन भईरहेको द्वारे सरकारकोे माध्यमबाट ‘हाम्रो गाउँ हाम्रो समाधान’ परियोजना लिएर खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बरसम्म सम्पूर्ण वार्डमा यस परियोजनाको विषयको जानकारी दिन साथै प्रत्येक वार्ड मा एक भन्दा अधिक भेग, गाउँ भएकोले गर्दा कुनै प्रकारको मतभेदकोे सृजना नहोस् भनी सभा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा टाउन कमिटीका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा आ-आफ्नो गाउँकोे प्रतिनिधिहरु लगायत सदस्यहरु उपस्थित थिए। सभामा आगामी 13 सेप्टेम्बरकोे दिन डीएफओ अफिसमा सम्पन्न हुने हाम्रो गाउँ हाम्रो समाधानकोे निम्ति चर्चा परिचर्चा गरिएको छ। सभामा सम्बाेधन राख्ने क्रममा सभासद श्याम शेर्पा टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव मैत्र सेन शर्मा, कार्यकारीणी सदस्य बिशन तामाङले सम्बोधन गर्दै परियोजना सम्बन्धि जानकारी दिएका थिए। सभाध्यक्ष राजु शर्माले अध्यक्षीय सम्भाषण राखेका थिए। सभालाई सञ्चालन विकास तामाङले गरेका थिए भने सभामा टाउन कमिटीका कार्यकारीणी सदस्यहरु उपस्थित रहेका थिए।
