रम्फु अनि तारखोलाका 88 बाढी पीडितहरूले पाए घर निर्माणको राशि

Share this news

लालकोठीमा एउटा बैठक डाकेर जीटीएले रम्फु अनि तारखोलाका 88 बाढी पीडित घरहरुलाई घर निर्माण गर्ने राशिको पहिलो किस्ता भुक्तान गरेको छ। भुक्तान समय जीटीए मुख्य कार्यपाल अनित थापाले भने, “मैले वचन दिए अनुसार ढिलो नै भए पनि वचन पूरा गरेको छु। सरकारी काम हो, कागज पत्र ठीक हुनुपर्छ, त्यसको अनुमोदन हुनुपर्छ। त्यसैले राहात राशी भुक्तानी गर्न धेरै ढिलो भयो।”
टिस्टाका पीडितहरुको चाहिँ के भयो? टिस्टाका पीडितहरूले एनएचपीसी बाट पुनः सर्वेक्षणको मांग गरेको कारण आज रम्फू अनि तार खोलाका पीडितहरुलाई मात्र राहत राशि प्रदान गरिएको हो। घर निर्माणको राशि 3 लाखको रहनेछ अनि यो तीन किस्तीमा दिइनेछ। यो वितरण गरिएको राशि पहिलो किस्तिको राशि हो।
2023, अक्टोबर 4 को दिन टिस्टामा आएको बाढीमा घर क्षतिग्रस्त भएकाहरुलाई प्रदान गरिएको हो।
आपदा विभागका कार्यकारी निर्देशक एम मोदकले जानकारी दिँदै भने, “राशि ब्याङ्क मार्फत भुक्तानी गरिएको छ। राशि प्राप्त गरेपछि परिवारले आफै घर निर्माण सुरु गर्नुपर्नेछ। पहिलो किस्तिको राशि (₹ 1 लाख) को कार्य समाप्त भएपछि विभागले कामको निरीक्षण गर्नेछ अनि त्यही अनुरुप दोस्रो अनि तेस्रो किस्ताको भुक्तानी हुने” मोदकले बताए।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान