गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्थाको छिनोफानो भइसकेको दावि

Share this news

गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिका सदस्य प्रवेश राईले भारत सरकारद्वारा गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्था छिनोफानो भइसकेको छ भन्दै तर अब २००७ को षड्यन्त्र नहोस् भन्ने बताएका छन्।
गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिको सांङ्ठनिक सभा मङ्पु पार्टी कार्यलयमा बसेको सभामा राईले यी कुरा भनेका हुन्। उनले भने, गोरामुमो अध्यक्ष मन घिसिङ साथै केन्द्रीय समिति शीर्ष नेतृत्ववर्गले जनता र पार्टीलाई केही दुख नदिई मुद्दालाई भारत सरकार समक्ष पुर्‍याउन सफल भएका छन्। अब फेरि षड्यन्त्र रच्नु हुदैन। यदि भारत सरकारले गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्था गोर्खाहरुको निम्ति दिन्छ भने, २००७ को जस्तो हुनु हुँदैन यदि फेरि पनि यसो भएको खण्डमा गोर्खा राष्ट्रिय युवा मोर्चाए सहन गर्ने छैन। अब यो अवसर पनि गुमायो भने गोर्खाहरुको भविष्यमा फेरि पनि कालो बादलले ढाक्ने छ। यसकारण जनता अब सचेत हुन पर्छ नानाथरीको कुरामा भुलिनु हुँदैन। अब हामी सबै एक भएर सत्य कुरालाई मात्र साथ दिनु पर्छ भ्रामक बिषयहरूमा ध्यान दिनु नहुने प्रवेश राईले अपिल समेत गरेका छन्।
उक्त सभामा गोरामुमो केन्द्रीय समिति सदस्य किशोर राई, गोरामुमो जनचेतना समिति सचिव रन्जिता सुब्बा, द्रोणा गुरुङ, मङ्पु लाब्दा समष्टि अध्यक्ष अल्बर्ट तामाङ, गोरायुमो खर्साङ ब्राञ्च कमिटी, कालेबुङ ब्राञ्च कमिटी , मिरिक ब्राञ्च कमिटी अनि दार्जीलिङ ब्राञ्च कमिटीका प्रतिनिधिबर्गको उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान