गोपाल योञ्जन जयन्ती पालन गरिने

Share this news

आगामी 18 सेप्टेम्बरको दिन कालेबुङमा वाग्येकार गोपाल योञ्जन जन्मजयन्ती भव्यरुपमा पालन गरिनेछ। यसउपलक्ष्यमा डेलो परिसरमा बिहान 10 बजे उनको प्रतिमाको उद्घाटन गरिनेछ भने मध्याह्न साडे 12 बजे रामकृष्ण शर्मा भवनमा आयोजित भव्य समारोहमा कालेबुङमै जन्मेका चर्चित र वयोवृद्ध गायक सङ्गीतकार अशोक राईलाई वाग्येकार गोपाल योञ्जन पुरस्कारद्वारा अलङ्करण गरिनेछ।
यो कार्यक्रम गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना संस्कृति विभाग अनि दार्जीलिङ र कालेबुङको गोपाल योञ्जन प्रतिष्ठानको संयुक्त तत्वावधानमा आयोजन गरिएको छ। उक्त समारोहमा कालेबुङका विधायक रुडेन सादा लेप्चा र कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधान प्रमुख अतिथिद्वयको रुपमा उपस्थित हुनेछन्। यसरी नै “गोपालञ्जली” नामक स्मृतिग्रन्थको विमोचन पनि गरिनेछ। यसअवसरमा समाजका सम्पूर्ण जनमानसलाई उक्त दुवै कार्यक्रमको साक्षी भइदिन हुन आयोजन समितिले चुल्हेनिम्तो दिएको चन्द्रकला राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान