एडवर्डस फाउन्डेसनद्वारा आयोजित निरन्तर श्रद्धा यात्राको दशौं सप्ताह अन्तर्गत १८ जना श्रद्धालुहरू नेपालस्थित सुप्रसिद्ध माँ पाथिभरा मन्दिर दर्शनका लागि प्रस्थान गरेका छन्। यस अवसरमा, लामो समयदेखि बन्द रहेको मुण्डाकोठी चिया बगान क्षेत्रबाट श्रद्धालुहरूलाई धार्मिक आस्था र सांस्कृतिक यात्राको उद्देश्यले पठाइएको छ। यात्राले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा र आपसी एकताको भावना झनै सुदृढ बनाएको छ। यस यात्रामा सहभागी श्रद्धालुहरूले इलाम जिल्लामा अवस्थित पवित्र पाथिभरा मन्दिरमा विशेष पूजापाठ र दर्शन गर्ने कार्यक्रम रहेको छ। यात्राको शुभारम्भको निम्ति आइजीजेएफ, एल एस २ जीपी संयोजक सिद्धान्त तामाङको विषेश उपस्थिति रहेको थियो।
