भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा आयोजना गरिएको थियो। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा आयोजना गरिएको थियो। सभालाई पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले सञ्चालन गरेका थिए। सभालाई समष्टिको सचिव एंव सभासद नवराज छेत्री, खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान आदिले वक्तव्य राखेका थिए। सभाको मुख्य विषय आगामी 9 सेप्टेम्बरमा मङ्पुमा हुन लागेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवसलाई लिएर विशेष चर्चा परिचर्चा गरिएको थियो। यसको साथै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्दै पाँचौं स्थापना दिवसलाई लिएर सबै कार्यकर्ताहरुले सडकमा होइन तर सबैले आफ्नो घरमा पार्टीको‌ झण्डा लगाउनु पर्ने आह्वान् गरिएको भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले‌ जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ