भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा आयोजना गरिएको थियो। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा आयोजना गरिएको थियो। सभालाई पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले सञ्चालन गरेका थिए। सभालाई समष्टिको सचिव एंव सभासद नवराज छेत्री, खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान आदिले वक्तव्य राखेका थिए। सभाको मुख्य विषय आगामी 9 सेप्टेम्बरमा मङ्पुमा हुन लागेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवसलाई लिएर विशेष चर्चा परिचर्चा गरिएको थियो। यसको साथै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्दै पाँचौं स्थापना दिवसलाई लिएर सबै कार्यकर्ताहरुले सडकमा होइन तर सबैले आफ्नो घरमा पार्टीको‌ झण्डा लगाउनु पर्ने आह्वान् गरिएको भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले‌ जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न