मिर्गौला रोग उपचारार्थ डाइलोसिस उपकरण थाल्नपर्ने

Share this news

भारतीय प्रजातान्त्रिक मोर्चा सिंगेल शाखाले गोर्खाल्याड क्षेत्रीय प्रशासनको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित भेट गरेर खरसाङ हस्पिटलमा चाँढै मिर्गौला रोग उपचार गर्नको निम्ति डाइलोसिस उपकरण शुरू गर्नु पर्ने माग राखेका‌ छन्। विगत धेरै सालदेखि जनसाधारणले भोग्न परिरहेको पीढाले गर्दा यो ज्ञापन पत्र चढाएको सन्तोष मोक्तानले बताएका छन्। उनले बताए अनुसार मानिसहरू हप्ताहमा दुइपल्टसम्म सिलगढी गएर उपचार गर्न पर्दा धेरै असुविधा भोग्न परिरहेको अनि दार्जीलिङ लगायत अन्य ठाउँहरूमा सरकारी सुविधा भए पनि खरसाङको जन साधारणले धेरै समस्या भोग्न परिरहेको पनि सभासद श्याम शेर्पालाई जानकारी गराइएको छ। यसैकारण खरसाङ अस्पतालमा डाइलोसिस उपकरण लगाउन सके मानिसहरूलाई सजिलो हुने बताएका छन्। विशेष सभासद श्याम शेर्पालाई भेट गर्न सन्तोष मोक्तान, मिलन शर्मा, शरणकुमार लामा अनि मिलन घले पुगेका थिए। सभासद श्याम शेर्पाले पनि यसरी आएर जनतालाई सुविधा उपलब्ध गराउन भनी आएर स्वास्थ्य विषयमा प्रस्ताव राखेर अति असल रहेको र चाढै यसलाई जीटीए‌ प्रमुख अनि कार्यकरणी सभामा राख्ने बताएको सन्तोष मोक्तानले बताएका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ