सिलगडी श्रमिक भवनमा भएको सभामा निर्ण. गरिए अनुसार बन्द नागरी चियाबारी अन्तर्गत मगरजुङ चियाबारी भोलि शुक्रबारदेखि खोलिने भएको छ। यसका साथै आगमी २२ सेप्टेम्बर २०२५ भित्र चिया श्रमिकहरुको पुजा बोनस पनि दिने नयाँ मालिक पक्षसंग सम्झौता भएको हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्युयु) केन्द्रीय समितिका सचिव धिरज राईले जानकारी गराएका छन्।
