तकदाह–ग्लेनबर्ण समष्टि अन्तर्गत छ माइल बजारको ‘सेभ पोखरी’ समूहलाई आर्थिक सहयोग उपलब्ध गराउनका साथै पोखरी सुन्दरीकरणका लागि पीएनआरडी विभागमा पहल गरिदिनु भएकोमा सम्बन्धित शाखा समिति, खण्ड समिति तथा निर्वाचित सदस्यहरूले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाप्रति आभार व्यक्त गरेका छन्।
