Sankalp Samman
Sankalp Samman

संकल्प सम्मान मञ्चको वार्षिक सम्मान अनि पुरस्कारको घोषणा

Share this news

संकल्प सम्मान मञ्चले यसपटक आगामी 17 सेप्टेम्बरमा गोर्खाली समाजका विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्तित्वहरूलाई पुरस्कार अलङ्करण गरिने घोषणा गरेको छ। यसको लागि आगामी १७ सेप्टेम्बर २०२५ को दिन नेपाली साहित्य सम्मेलन भवनमा भव्य कार्यक्रमको आयोजन गरी पुरस्कार अलङ्करण गरिने भएको छ। कार्यक्रमको अध्यक्षता संकल्प सम्मान मञ्चका अध्यक्ष डा नीना राईले गर्नेछिन्, अनि आकाशवाणी खरसाङका पूर्व निष्पादक, पत्रकार साथै कथाकार पारस चन्द्र आलेको प्रमुख आतिथ्य रहनेछ। यस वर्ष साहित्य क्षेत्रमा नामरिङ चियाबारी रङ्गली रंगलीयट निवासी जसले आज पर्यन्त छ एक दर्जन कृतिहरू भारतीय नेपाली साहित्यलाई दिइसकेका छन् भने आज पर्यन्त सक्रिय रूपमा कलम चलाउँदै आउने अग्रज साहित्यकार एन डी एल(मन्दन) योन्जन तामाङलाई अलङ्करण गरिनेछ। प्रायश्चित डोली रितो जाँदैन दोसाद रगतको साइनो आदि नाटकहरु लेखेर नाट्य क्षेत्रलाई समृद्ध तुल्याउँदै आउने नाटककार, उपन्यासकार रमाकान्त गुप्तलाई यस वर्षको नाटक क्षेत्रको सम्मान प्रदान गरिनेछ। गीत संगीतको क्षेत्रमा सिम्बोलिक गीतहरू प्रदान गर्दै आउने कुशल म्युजिक एरेन्जर साथै सुर संगीत संगीतालयमा विद्यार्थीहरूलाई संगीतको ज्ञान दिँदै आउने मौन साधक सूरजमणि बर्मेलाई यस वर्षको संगीत क्षेत्रको सम्मान प्रदान गरिनेछ। यसरी नै पत्रकारिता क्षेत्रमा आफ्नो अथक योगदान दिँदै आउने अग्रज पत्रकार जसले म उभिएको धरती पत्रकारितामा आधारित कृति पाठक वर्गमा सुम्पिएर यसको साथसाथै हिमालय दर्पण दैनिक खबर कागजमा सम्पादकको रुपमा रहेर पत्रकारिता क्षेत्रमा सेवा पुर्‍याउँदै आउने पत्रकार शिबु छेत्रीलाई यस वर्षको पत्रकारिता क्षेत्रको सम्मान प्रदान गरिनेछ। यसै क्रममा दार्जीलिङ प्रेस गिल्डद्वारा गतवर्ष पूर्व घोषणा अनुसार मिडिया हाउसहरू दार्जीलिङ च्यानल अनि हिमालयन जर्नलिस्ट क्लबलाई सम्बर्द्धना गरिने भएको छ। सम्बर्द्धनाकै क्रममा साहित्य एकाडेमी नयाँ दिल्लीद्वारा घोषणा अनुसार वर्ष २०२५ को बाल साहित्य एकाडेमी पुरस्कारद्वारा पुरस्कृत संकल्प सम्मान मञ्चका सदस्य डा साङ्मू लेप्चालाई सम्बर्द्धना प्रदान गरिने भएको बताए।
यसै सम्मान समारोहबीच प्रथम किरणकुमार राई स्मृति पुरस्कार युवा कवि जसले आजसम्म भारतीय नेपाली साहित्यमा दार्जीलिङ भर्सेस दार्जीलिङ जेटा सोफिया ग्राफे जस्ता गहन कृतिहरू भारतीय नेपाली साहित्यलाई दिने सर्जक विशाल विश्वकर्मलाई प्रथम किरणकुमार राई स्मृति पुरस्कारले अलंकृत गरिनेछ। उक्त पुरस्कारमा अङ्गवस्त्र स्मृति चिन्ह अनि नगद राशिद्वारा  सम्मान जनाइनेछ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ